•  लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टन सहरमा  हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो । 
        
    विश्वका दुई सय भन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८  अन्तरराष्ट्रिय निर्देशकमध्येको एक हुनुहुन्छ । अन्तरराष्ट्रिय निर्देशकका रुपमा उहाँले सन् २०२५ सम्म आफ्नो नेतृत्व प्रदान  गर्नुहुनेछ । उहाँ ‘लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्व ‘चियरपर्सन’समेत हुनुहुन्छ । लामो समयदेखि सामाजिक  सेवामा सक्रिय उहाँले आफ्नो नेतृत्व समयमा क्लबमा नयाँ ‘रेकर्ड’ बनाउन सफल हुनुभएको थियो । 
        
    लायन बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एकसय क्लब खोलेर विश्व रेकर्ड बनाउनुभएको थियो । दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘सय एमजेएफ कन्ट्रिव्युसन’ गराउन उहाँ सफल हुनुभएको थियो ।
        
    नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरराष्ट्रिय निर्देशक  पदमा विजयी भएको उहाँले जानकारी दिनुभयो । क्लबको अन्तरराष्ट्रिय निर्देशक पदका विजयी भएपछि उहाँले विज्ञप्ति जारी गर्र्दै भन्नुभयो, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउनेछु ।” 

    लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । साथै लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तरराष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…