•  खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गर्नुभएको हो । 

    नेपाल–भारत विकास सहयोगअन्तर्गत रु तीन अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो । तीन तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ । 

    परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको सुखद भविष्य निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

    राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । यो सहकार्यले हालैका वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा ठूलो फड्को मारेको उहाँको भनाइ थियो । दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुरुप विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । क्याम्पसमा हाल छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अध्ययन गर्नेमा ६० प्रतिशत छात्रा रहेको क्याम्पसले जनाएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

  तुलसीपुर,२० भदौ :केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ&rsq…