• मोरङ । जेष्ठ नागरिकलाई सम्मान, जेहेन्दार र फरक क्षमता भएका बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा छात्रा वृति प्रदान गर्दै मोरङको पथरीशनिश्चरे १० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारण सभा शनिबार समापन भएको छ । 
    समूहका कार्यबाहक अध्यक्ष बालकुमार मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट सम्मान र विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको थियो । 
    सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मानित हुने जेष्ठ नागरिकहरुमा बलबहादुर राई, कृष्णबहादुर तामाङ, नन्दलाल श्रेष्ठ, मायास्वर कार्की, जितरानी राई, कुन्तादेवी भण्डारी, खानीमाया गुरुङ, नगेन्द्रप्रसाद गिरी, ईन्द्रमाया मगर, मगमाया राई र श्रीबहादुर राई रहेका छन् । जेष्ठ नागरिकहरुलाई नगर प्रमुखको हातबाट सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरिएको थियो । 
    जेहेन्दार विद्यार्थीहरु रिया राई, बृतहाङ देवान, सजना श्रेष्ठ, पेरिना निरौला, पेन्जल तामाङ, त्यसैगरी फरक क्षमता भएका विद्यार्थीहरु मिना कुमारी गिरी, एनमाया कटुवाल, कमला माझी लगायतलाई कर्यक्रमको प्रमुख अतिथि रहनु भएका नगर प्रमुख मोहन तुम्बापोको हातबाट पुरस्कार स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको हो । 
    नगर प्रमुख तुम्बापोले साधारण सभालाई शुभकामना दिदै समूहमा भएका श्रोत, साधनको उपभोक्ताहरुको हितमा प्रयोग गर्न र राम्रा कामहरुको अन्य समूहले अनुसारन गर्नुपर्ने बताए । 
    कार्यक्रममा सामुदायिक वन उपभोक्त महासंघ प्रदेश समितिको महासचिव रेनुका दाहाल, सदस्य अग्नी पौडेल, जिल्ला महासंघको कार्यबाहक अध्यक्ष मदन पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । 
    कार्यक्रममा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस राई, सामुदायिक वन उपभोक्त महासंघ नगर समितिको अध्यक्ष मैना आचार्य लगायतको उपस्थिति रहेका थिए । 
    कार्यक्रममा कार्यबाहक अध्यक्ष बालकुमार मागरले समूहको कार्ययोजना, सचिव आरती राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज शाकीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    पशुपतिको नयाँ अध्यक्षमा पुष्पराज शाही चयन, कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने

                                                                                                      नव निर्वाचित अध्यक्ष शाही
    अघिल्लो साधारण सभाबाट सर्बसहमत अध्यक्ष चयन भएको प्रदिप राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनको पत्र दिएपछि उपाध्यक्ष बालकुमार मागरले कार्यबाहक अध्यक्ष चलाउदै आएका थिए । 
    शनिवार भएको १३ औं वार्षिक साधारण सभाले कोषाध्यक्ष पुष्पाराज शाहीलाई अध्यक्ष चयन गरेको छ । कोषाध्यक्ष अध्यक्ष चयन भएपछि खाली रहेको कोषाध्यक्ष पदमा मन्दिरा दाहालको नाममा उपभोक्ताहरुले तालि बजाएपनि सामामान्य विवाद भएको थियो । साधारण सभा हलले नै कोषाध्यक्ष चयन नभएपछि कार्यसमितिलाई निर्णय गर्ने म्यान्डेट दिएको छ । 
    गएको चुनावी साधारण सभाबाट सर्बसहमत अध्यक्ष चयन भएका प्रदिप राई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन पछि फौजदारी मुद्धामा कैद सजाय भुक्तान गरेर आएको पाइएको र विधान अनुसार उमेद्वार बन्न नै अयोग्य भएको ठहर गर्दै निलम्बनको पत्र दिएपछि अध्यक्ष खाली भएको थियो । 
     

सम्वन्धित समाचार

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…