• मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नं. १ को नाम पहिचानको आधारमा पुन नामाङ्कनको लागि पहल गर्ने बताएका छन् । 
    माओवादी (केन्द्र)को आयोजनामा आज (सुक्रबार) मोरङको मिक्लाजुङ्मा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । 
    ‘प्रदेशको नाम पहिचानको आधारमा पुन नामाङ्कनको लागि चलिरहेको आन्दोलन, चिन्ता र चिन्तनको बारे मलाई राम्रो थाहा छ ।’ प्रधानमन्त्री दाहालले भने ‘हिजो जनयुद्ध कालमा उत्पीडित समुदायलाई पहिचान र अधिकारको लागि लडाई लड्नुपर्छ भन्ने पार्टी र नेता भएको हैसियतले सबै दलका नेताहरु र आन्दोलनरत पक्षसँग सम्बाद गरेर समाधानमा लाग्ने विश्वास दिलाउ छु ।’
    प्रधानमन्त्री दाहालले बोल्ने क्रममा काशी शब्द उच्चारण गरेनन भने कार्यक्रमको ब्यानरमा समेत सो शब्द लेखिएको थिएन । 
    छोटो सम्बोधन गरेका प्रधानमन्त्री दाहालले मोरङ पथरीशनिश्चरे क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान र मिक्लाजुङ आसपासका सडक, खानेपानी, पर्यटक क्षेत्रको बिकासमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    इन्द्र आङ्बो र गणेश उप्रेतीले धोका दिएः नेता कुरुम्बाङ

    प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले हिजो (बिहिबार) विज्ञप्ति प्रकाशन गरेर प्रधानमन्त्री प्रचण्ड आउने कार्यक्रममा ८२ मध्येका सांसद र मन्त्रीहरु सहभगी नगराउन आग्रह गरेको थियो । 
    आग्रहलाई अस्वीकार भए कालो झण्डा प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरेका थिए । 
    आयोजक समितिले पनि ब्यानरमा कोशी नलेखिएको र शान्तिपूर्वक कार्यक्रम गर्न प्रदेशका मन्त्री, सांसदहरु नआउन आफूहरुले नै आग्रह गरिरहेको बताएका थिए । आयोजक मध्येका मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल लगायतका माओवादी नेताहरुले पहिचानवादी नेताहरुसँग फोन गरेरै कालो झण्डा नउठाइदिन आग्रह गरेका थिए । 
    माओवादी पार्टीका केन्द्रीय सदस्य, आयोजकहरु आफैले प्रदेशका मन्त्री र सांसद नआउने भनेपछि विरोध प्रदर्शनको तयारी नगरेको संयुक्त संघर्ष समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङ लिम्बूले बताए । 
    कार्यक्रम सकिएपछि माओवादी पार्टीको प्रदेश संसदीय दलको नेता ईन्द्रबहादुर आङ्बो लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती त्यहाँ आएका फोटोहरु सार्वजनिक भएपछि दुई जनाले संयुक्त संघर्ष समितिलाई धोका दिएको संघर्ष समितिको संयोजक कुरुम्बाङले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …