• काठमाडौँ, १३ पुस : पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको छ । 

        नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्की भन्नुहुन्छ, “बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ ।” 

        उहाँले विधायक भएपछि कानुनको अध्ययन, निर्माण प्रक्रिया, विधेयकको सैद्धान्तिक छलफल, संशोधनजस्ता विषयमा आधारभूत ज्ञान लिँदै नयाँ कानुन निर्माण तथा विद्यमान कानुन संशोधनको आवश्यकता र संशोधन प्रस्ताव दर्ता गर्नाका कारण पुष्ट्याइँजस्ता विषयमा नयाँ सिकाइ भइरहेको बताउनुभयो । 

        समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसद्मा पहिलोपटक पुग्दा खुशी लाग्नु स्वाभाविक भएको बताउँदै ‘सांसदसँग रासस संवाद’मा उहाँले भन्नुभयो, “पहिलो अभ्यास भएकाले उत्सुकतापूर्वक अनुभव लिने सिलसिला चलिरहेको छ ।” 

        कानुन निर्माणको सिकाइकै अभ्यास चलिरहेको बखत गत कात्तिक १७ गते जाजरकोटको भूकम्पमा ज्यान गुमाएका र घाइते भएका तथा घरगोठ भत्किएर बिचल्लीमा परेका परिवारको उद्धार र राहत सङ्कलन, वितरण तथा अस्थायी बसोबासका लागि प्रभावित क्षेत्रमै उहाँ खटिएर योगदान पु¥याउनुभयो । 

        भूकम्पलगत्तै जाडोयाम सुरु भएकाले सुत्केरी, वृद्धवृद्धालगायत पीडितको जनजीवन थप कष्टकर भइरहेको जनाउँदै उहाँले अहिलेको मुख्य चुनौती अस्थायी टहरा निर्माण गरी बसोबास व्यवस्थापन गर्नुभएको बताउनुभयो ।

        भूकम्पपछि  स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायको समन्वयमा तत्काल उद्धार र खोजतलासको काम गरिएको घटना सुनाउँदै सांसद कार्कीले भूकम्पबाट मानवीयका साथै घरलगायत संरचना भत्किएर व्यापक भौतिक क्षति भएको बताउनुभयो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…