• मोरङ । किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले नेपालमा सांस्कृतिक दमन यथावत् रहेको बताएका छन् । 
    मोरङको पथरीशनिश्चरे नगरमा मंगलबार यायोक्खा नगर समितिले आयोजना गरेको यलेदोङ नयाँ बर्ष ५०८४ को अवसरमा आयोजना शुभकामना आदानप प्रदान कार्यक्रममा राईले सो कुरा बताएका हुन् । 
    ‘ढोल बनाउन गोरुकै छाला चाहिन्छ’ राईले भने ‘छाला बोकेर हिडेमा पक्रिने, थुन्ने र मुद्धा लगाएर राज्यले अझैपनि राई समुदायको सांस्कृतिक अधिकार माथि दमन गरिरहेको छ ।’ 
    राष्ट्रपति, प्रधानमन्त्री, पूर्ब प्रधानमन्त्री र मन्त्रीहरुले ढोल, च्याब्रुङ, झ्याम्टाको स्वागत खोज्ने तर छाला खोजेर ल्याउदा जेल हाल्ने क्रम रोकिनुपर्ने राईको भनाई थियो ।
    ढोल, च्याब्रुङको लागि छाला प्रयोग गर्न पाउने नीति नबनाएसम्म स्वागत नखोज्न र सांस्कृतिक बाजा बोकेर जानेहरुले पनि छाला र सांस्कृतिक अधिकार बारे कुरा राख्न सक्ने हुनुपर्ने उपमहासचिव राईको भनाइ थियो ।

    राईले अर्को प्रसंगमा यायोक्खामा आबद्ध नेता, कार्यकर्ताहरु बर्षमा दुई पटक साकेला नचाउने काम मात्र नगरेर अधिकार स्थापनाको लागि आवश्यक पर्दा सडक संघर्षमा निस्किने चेतानाको हुनुपर्ने बताए । 
    यायोक्खाको नगर गाउँ तहका नेता, कार्यकर्ताहरु आफ्नो समुदाय राजनीतिक, भाषिक, सांस्कृतिक, लिपि, आर्थिक अवस्था कुन स्तरमा छ बुझ्ने  र आवश्यक पर्दा अधिकारको लागि संघर्षमा आउन सक्ने  हुनुपर्ने बताएका छन् । 
    आफू कुन पार्टीको कार्यकर्ता हुँ भन्नेभन्दा हाम्रो मुद्धा कस्ले बोल्छ, बोक्छ र व्यवाहार गर्छ बुझ्न सक्ने हुनुपर्ने बताए । राणा र पञ्चायत विरुद्ध लड्न एकजुट हुनै पर्ने स्थिति थियो ।
    संघीय गणतन्त्र ल्याएपछि पार्टी भन्दा मुद्धा को सँग छ बुझेर लाग्नुपर्ने र राजनीतिक, सांस्कृतिक अधिकार स्थापित गर्न आ—आफ्नै पार्टीलाई दबाब दिनुपर्ने बताए । 
    कौशिक ऋषिको नामबाट राखिएको कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरनको शान्तिपूर्ण आन्दोलनमा जनता गाउँगाउँबाट जाग्नुपर्ने उपमहासचिव राईको भनाइ थियो ।  
    कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले प्रतिष्पर्धी क्षमताको बिकास गर्नुपर्ने, एकले अर्काको सम्मान र सद्भाव कायम राख्नुपर्ने बताए । 
    कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगरको प्रमुख प्रशाकीय अधिकृत शशी राई, पूर्ब नगर प्रमुख दिलिपकुमार राई, यायोक्खा मोरङ जिल्ला सचिव काशिहाङ राई लगायतले शुभकामना दिएका थिए । 
    यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, नेपाल आदिबासी जनजाति महासंघको नगर अध्यक्ष देबेन्द्र वनेम, २ र ९ नं. वडा अध्यक्षहरु नैन राई, वीरबहादुर राई, स्थानीय दिलबहादुर तामाङ, शैक्षिक अभियान्ता प्रदीपकुमार राई, पथरी करदाता सेवा कार्यालयका कर अधिकृत आशिस राई लगायतको उपस्थिति रहेको थियो । 

    यायोक्खा पूर्ब अध्यक्षहरु सम्मानित

    कार्यक्रममा यायोक्खा पथरीशनिश्चरे नगरका पूर्ब अध्यक्षहरु दिलिपकुमार राई, पदम राई (मृत्यु पर्यन्त), बिजय खम्बू, कर्ण राई, अशोककुमार राई, डम्बर राई (मृत्यु पर्यन्त) र साकेला परिषरमा वाबु (चिण्डो) बनाउने परिवारको तर्फबाट लक्ष्मीमाया राईलाई सम्मान पत्र र दोसल्ला तथा टोपीले सम्मान गरिएको थियो । 
    म्युजिकल चेयर खेलमा प्रमुखहुने सम्निमा राई, दोस्रो लिवन राई र तेस्रोहुने रेश्मा राईलाई क्रमस हजार, छ सय र चार सय नगद पुरस्कार प्रदान गरेका थिए । 
    यायोक्खा नगर उपाध्यक्ष प्रेम चाम्लिङ राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत खड्गबहादुर राई र सचिव निर्माला राईले सञ्चालन गरेका थिए । 

    कार्यक्रमको तस्वीरहरु


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …