• दिपक बास्तोला 

    उर्लाबारी । मोरङको विराटनगर भन्दा बाहिर पहिलो पटक अरनिको हस्पिटलले आइसियु सेवा सञ्चालनमा आएको छ । भेन्टिलेटरसहितको ६ बेडको आइसियु सेवा सुरु भएको अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमो लिम्बुले बताउनुभयो । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आइसियु सञ्चालन ल्याएको छ ।

    एकपछि अर्को सुविधा विस्तार गर्ने क्रममा आइसियु सेवा विस्तार गरिएको अरनिको हस्पिटल अघि बढिरहेको अध्यक्ष पोमूले बताउनुभयो । दश वर्षअघि स्थापना भएको अरनिको हस्पिटलमा दैनिक १५० भन्दा बढी विरामी स्वास्थ्य जाँचका लागि आउने गरेका छन् । यो हस्पिटलले हाडजोर्नी तथा नशा रोग, फिजिसियन, बाल रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटीका रोग लगायतका विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएको डाक्टर उज्जल कार्कीले जानकारी दिनुभयो ।

    हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तरगत भूकम्प, कोरोनालगायत महामारीमा स्वास्थ्य शिबिरको साथै आर्थिक सहयोग, विभिन्न संघसंस्थाको साझेदारीमा स्वास्थ्य शिबिर, उर्लाबारी नगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल चितवनको सहकार्यमा क्यान्सर सम्बन्धी निःशुल्क बृहत स्वास्थ्य शिबिरलगायत गरेको छ । अति निम्न वर्गको निःशुल्क उपचार, जेष्ठ नागरिकको उपचारमा ५० प्रतिशत छुट, गरिब तथा विपन्न विरामीहरुको स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट गर्दै आएको छ ।

    अरनिको हस्पिटलमा आइसियु सेवा सञ्चालन भएपछि यस क्षेत्रका सेवाग्राही लाभान्वित बन्ने डा. उज्जल कार्कीले बताउनुभएको छ । अरनिको हस्पिटल स्थापनाको छोटो समयमै बिरामीको मन जित्न सफल भएको छ । पूर्वी मोरङमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको यस हस्पिटलले नयाँ सोच र दृष्टिका साथ सर्वसुलभ रूपमा गुणस्तरीय, भरपर्दो स्वास्थ्य सेवाबाट बिरामीको मन जित्न सफल भएको हो ।

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र स्ववियु दुवै पक्षले …

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…