• नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको सभामा चालु आर्थिक वर्ष २०८०/०८१ को संशोधित बजेट पारित गरिएको छ ।सभामा नगर प्रमुख खरेलले नगरपालिकाको कार्यप्रगतिका साथै उपप्रमुख मीना खतिवडा पौडेलले संशोधित बजेट प्रस्तुत गर्नुभएको थियो । नगर सभाको बैठकबाट चालु आर्थिक वर्ष २०८० – ८१ का लागि रु. १ अर्ब २६ करोड ९५ लाख ९ हजार ९ सय ९५ को संशोधित बजेट तथा कार्यक्रम स्वीकृत, आर्थिक (पहिलो संशोधन) विधेयक, २०८० स्वीकृत, विनियोजन (पहिलो संशोधन) विधेयक, २०८० स्वीकृत, उत्कृष्ट करदाता सम्मान, योजना तथा कार्यक्रम संशोधन लगायतका निर्णयहरु भएका छन् ।

    यस्तै, न्यायिक समिति संयोजक तथा उपप्रमुख पौडेलले न्यायिक समितिको प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक कृष्ण बर्देवाले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा नगर प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, वडा नम्बर ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, वडा सदस्यहरु शेखरनाथ दाहाल, प्रकाश कन्दङ्वा, रुद्र लामिछानेले धारणा राख्नुभएको थियो ।


    नगरपालिकाको ११ औं नगरसभाको अवसरमा उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि र उर्लाबारी–४ निवासी मिश्र वैजयन्तीलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०७८ – ०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी कर तिरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।सबैभन्दा बढी व्यवसायिक कर तिर्ने युवा व्यवसायी सचिन शाक्य अध्यक्ष रहेको सिद्धार्थ एग्रीगेट प्रालि र सबैभन्दा बढी घरबाहल कर तिर्ने सप्तकोशी आमावि उर्लाबारीकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिश्र वैजयन्ती सम्मानित हुनुभएको हो ।

    नगरसभाको अवसरमा सप्तकोशी आमाविकी मिश्र वैजयन्ती र सिद्धार्थ एग्रीगेटका प्रतिनिधि सुवास शाक्यलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले दोसल्ला, माला लगाएर प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।सिद्धार्थ एग्रिगेटले क्रसर उद्योग सञ्चालन गरी बालुवा, गिटी, पेबल्सलगायतका निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ । सप्तकोशी आमावि गुणस्तरीय शिक्षा प्रदान गर्ने उर्लाबारीको नेतृत्वदायी निजी विद्यालय हो ।

    करप्रति नागरिकको उत्साह बढाउन सम्मान गरेको नगरपालिकाले जानकारी दिएको छ । करदातालाई सम्मान गर्दा कर तिर्नुपर्ने आवश्यकता नगरवासीले महशुस गर्ने अपेक्षा लिइएको नगरप्रमुख खरेलले बताउनुभयो । उर्लाबारी नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको उहाँको भनाइ छ ।

सम्वन्धित समाचार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–…

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…