• काठमाडाैँ, ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)द्धारा भगाइएका जीवन चलाउनेबारे जाँच-बुझ आयोगले सिआइबीका डिएसपी रुगम कुवँरसँग बयान लिएको छ। चिनियाँ नागरिक दावा छिरिङसँग प्रत्यक्ष सम्पर्कमा रहेर सुन तस्करीमा संलग्न रहेका विवादित व्यापारी चलाउने सिआइमा कार्यरत डिएसपी कुँवरनिकट हुन्। दावासँगको कनेक्सनमा उनलाई सिआइबीले पक्राउ गरेको थियो।

    तर, डिएसपी कुँवरको मिलोमतोमा उनलाई साधारण बयान गराएर राता-रात भगाइएको थियो। डिएससपी कुँवरकै मिलोमतोमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुगेका थिए। त्यो कुरा गृह मन्त्रालयदेखि राज्य व्यवस्था समितिको बैठकसम्म पुगेपछि उनलाई प्रहरीले उन्मुक्ति दिएका बारेमा आवाज उठेको थियो। त्यसबारेमा केही दिनअघि मात्र आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई समेत बयानमा बोलाएको थियो।

    जीवन चलाउनेका विषयमा राज्य व्यवस्था समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीलाई प्रश्न गरेका थिए। स्रोतकाअनुसार सुन तस्करीमा पक्राउ परेका दावाछिरिङसँग जीवन चलाउनेको सम्पर्क सँगै मोबाइलमा सुन डेलिभर भएको भन्ने प्रमाण फेला परेको थियो। त्यसपछि सिआइबीले चलाउनेलाई पक्राउ गर्‍याे तर उनलाई हिरासतमा नराखी छुट्टै कोठामा राखेकाे थियाे। त्यसको भोलिपल्ट चलाउनेलाई बयानको नाममा टिपोट गरी त्यहाँबाट भगाइयो।

    र, उनी दुबई गए। यो सबै गर्ने ब्युरोमा कार्यरत डिएसपी रुगम कुँवर हुन्। चलाउने अहिले पनि डिएसपी कुँवरको नियमित सम्पर्कमा छन्। उनले प्रत्येक दिन बोटिएममा कुरा गर्छन्। उनको नाममा इन्टरपोलबाट नोटिस जारी नगराउँनका लागि कुँवरले नै सिआइबीको मुद्धा शाखामा ‘मेरो मान्छे हो’ भन्दै थाम्दै आएका छन्। चलाउनेलाई बयान गराएर सिआइबीले सुटुक्क छाडेको सूचना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसम्म पुगेको थाहा पाएपछि सिआइबी प्रमुख एआइजी बज्रचार्यले हतार-हतार चलाउनेलाई फरार सूचीमा राखेकी थिइन्।

    महानिरीक्षक कुँवरले तुरुन्तै चलाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले उनलाई फरार सूचीमा राख्न बाध्य भएको थियो। यो सबै सेटिङ मिलाउने काम ब्युरोका डिएसपी रुगम कुँवरकाे भएकाे सिआइबीकै एक प्रहरी अधिकृतले बताए। डिएसपी कुँवर चलाउनेका अघोषित व्यवसायीक साझेदार हुन्।

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …