•  अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल तथा बहराइनविरुद्धको फिफा विश्वकप एशिया छनौटको खेलका लागि टिमको घोषणा गरेको छ ।नेपालले मार्च १५ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ भने विश्वकप छनौटको दोस्रो राउण्डमा बहराइनसँग मार्च २१ र २६ मा खेल्दै छ । बहराइनसँग नेपालमा हुने होम खेल दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएपछि बहराइनमा नै हुने भएको छ ।

    नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो अन्नेसेले २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेका छन् ।

    नेपाली टिम:

    गोलकिपर- किरण कुमार लिम्बु, अभिषेक रिजाल र बिशाल सुनवार ।
    डिफेन्डर- अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरीङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, समित श्रेष्ठ ।
    मिडफिल्डर- भारत खवास, बिशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सब राई ।
    फरवार्ड- अन्जन बिष्ट, दिनेश हेन्जन, हित्सुब थपलिया, समिर तामाङ, संजीव विष्ट र जिलेस्पी जंग कार्की ।

    एशिया विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…