• मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुखले शिक्षिकासँग गोप्य रुपमा राखेको यौन सम्पर्कको प्रस्ताव प्रति जिल्ला प्रशासन कार्यालय मोरङले चासो राखेको छ । 
    कानेपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्लेले घर पाएक सरुवा मिलाइदिने, सरुवा हुनुअघि नै यौन सम्पर्क राख्नुपर्ने शिक्षिकालाई फेसबुक म्यासेन्जर मार्फत म्यासेज पठाउने गरेका थिए । पटक पटक प्रस्ताव आएपनि शिक्षिकाले अस्वीकार गरेपछि काफ्लेले ‘सेक्स नहुने नै हो ?’ यतिसम्म म्यासेज गरेको स्कृनसट बाहिरिएको थियो । 
    सो बिषय बिभिन्न सञ्चार माध्यममा बाहिरिएपछि पालिकाको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादबले ती शिक्षिकासँग धाएरै भेटेको बुझिएको छ । प्रमुख यादबले शिक्षिकालाई भेटेर एसएमएस किन लिक आउट गरेको, म खुट्टा ढोेगाएर माफी मागाउँथे नि भनेको श्रोतको दाबी छ । यौन प्रस्तावको काण्ड बाहिरिएपछि प्रमुख प्रशासकीय अधिकृत यादब मिलाउन लबिङमा लागेको श्रोतको दाबि छ । पालिका प्रमुख पनि राजमती इङ्नाम लिम्बू महिला नै रहेको छ । 
    एउटी शिक्षिकालाई शिक्षा शाखा प्रमुख जस्तो पदमा रहेर पटक पटक यौन सम्पर्कको प्रस्ताव राखिएको बिषय बाहिरिपनि कारबाहीको प्रकृया अघि नबढेपछि पीडितको आफन्त जिल्ला प्रशासन कार्यालय पुगेको बुझिएको छ । 
    सो बिषयमा जिल्ला प्रमुख अधिकारी प्रेमप्रसाद भट्टराईले कानेपोखरीको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादबलाई सोमबार (चैत्र ५) फोन सम्पर्क गरेर चासो देखाएको बुझिएको छ । 
    जिल्ला प्रशासन कार्यालयबाट फोन आएपछि भने यादबले यौन सम्पर्कको प्रस्ताव राख्ने वेगबहादुर काफ्लेलाई लिखित रुपमा स्पष्टिकरण सोधेको बुझिएको छ । यादबले भने काफ्लेलाई जोगाउन लागेको आरोप अस्वीकार गरेकी छन् ।
    हिराकुमारी यादबको अनुसार शिक्षिका (महिला)को आइडीमा काफ्लेसँग भएको कुराकानी शिक्षक महासंघको पालिका स्तरीय समितिका शिक्षक र अर्को एक जनाबाट बाहिरिएको बताइन । 
    शिक्षिकालाई पटक पटक यौन सम्पर्कको प्रस्ताव राख्ने शिक्षा शाखा प्रमुख काफ्लेलाई कारबाही हुन्छ ? भन्ने प्रस्नमा स्पष्टिकरण हेर्ने र आफ्नो क्षेत्राधिकार अनुसार पालिकाले कारबाहीको शिफारिस गर्न सक्ने बताएका छन् । 
    एसएमएस मार्फत पटक, पटक यौन सम्पर्कको प्रस्ताव महिला हिंसा, हैरानी अपराध अन्तर्गत पर्दछ । मुद्धा विधुतीय कारोबार ऐन (आइबर) अपराध अन्तरर्गत प्रहरी कार्यालयमा मुद्धा दर्ता हुने व्यवस्था छ । 
    बिभिन्न समाचार माध्यमहरुमा समाचार आउदा सामान्य रुपमा लिएरका पालिकाको कर्मचारी प्रमुख यादब जिल्ला प्रशासन कार्यालयबाट चासो राखिएपछि भने झस्किएको बुझिएको छ । 
    जिल्ला प्रशासन कार्यालयबाट चासो राखेपछि प्रमुख प्रशाकीय अधिकृत हिरादेवी यादबले पीडित शिक्षिकालाई उजुरी दिन अनुरोध गरिरहको बुझिएको छ । पीडितका आफन्तले भने उजुरी नदिने घट्ना क्रमले अपराध स्थापित भइसकेकोले पालिकाले कारबाहीको शिफारिस गर्नुपर्ने दबाब दिइरहेको बुझिएको छ । 
    पीडित पक्षले चरित्रहित भन्दै शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्लेलाई कालो मोसो दलेर बजार घुमाउने योजना बनाइरहदा शिक्षक महासंघबाट सूचना लिक भएर योजना सफल नभएको श्रोतको दाबी छ । यद्यपि पीडित पक्षले कुनै पनि बेला सो कार्य हुन सक्ने संभाबना रहेको जनाएको छ । 
    यौन प्रस्तावको काण्ड बाहिरिएपछि शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्लेले भने कार्यालय आएका छैन । यस बिषयमा प्रशासकीय अधिकृत यादवले केही दिन परीक्षामा गएको र हिजो (चैत्र ५) गते बिदाको इमेल मार्फत पत्र पठाएपछि बिदा बसेको बताएकी छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा सुक्रबारदेखि बुद्धिचाल (चेस)खेलको विद्यालय स्तरीय प्रथम टिम लिग प्रतियोगि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ ।&n…

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…