• ट्याक्टरको चाबी लिदै महासंघ प्रदेश अध्यक्ष तुलशी संग्रौला

    मोरङ । पूर्ब पश्चिम एसियन हाइवे बनाउन सघाउने तर आफ्नो वन क्षेत्रमा निस्कने काठ दाउरा उपभोक्ताले पाउनु पर्ने माग राख्दै सामुदायिक वन उपभोक्ता महासंघले मंगलबार रुख काट्न प्रयोगहुने चेन सो र ट्याक्टर केहीबेर जफत गरेका छन्  ।
    एसियन हाइवे इन्डोनेसिया, थाइल्यान्ड, म्यान्मार, नेपाल, भारतको दिल्लिहुँदै ३२ देश जोड्ने योजना हो । एसियाली विकास बैंकको सहयोगमा हाइवे बन्ने क्रम भारतहुँदै नेपालको काकडभिट्टाट सुरु भएको हो । 
    मुख्य सडक बिस्तारको क्रममा पुरानो सडक भन्दा उत्तर दक्षिणबाट निस्किने वन पैदावार सम्बन्धीत सामुदायिक वनका उपभोक्ताहरुले पाउनुपर्नेै माग गर्दागर्दैै काठ, दाउरा जवरजस्ति वन कार्यालय लान थालिएको भन्दै मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको नेतृत्वमा ट्याक्टरको चावी खोस्नुको साथै रुख कटान गर्ने मेसिन चेन सो नियन्त्रणमा लिएका हुन् । 
    मंगलबार मोरङको पथरीशनिश्चरे नगर १० नं. वडाको पशुपति सामुायिक वन क्षेत्रमा पर्नेे मुख्य सडक उत्तरमा रुख कटानहुँदै थियो । त्यहाँ पुगेर महासंघको टोलीले काठ ओसार्न प्रयोगहुँदै आएको को १ त ६३३० र को २ त ५९९० नं.को ट्याक्टरको चाबी खोसेका थिए । सोही टोलीले काठ काट्न प्रयोगहुँदै आएको दुई वटा चेन सो समेत बरामद गरेका थिए । 
    सो टोलीमा महासंघको केन्द्रीय उपमहासचिव सीता श्रेष्ठ, प्रदेश अध्यक्ष तुलशी संग्रौला, महासिचव रेणुका दाहाल, सदस्य अग्मी पौडेल, जिल्ला अध्यक्ष कृष्ण लुइटेल, उपाध्यक्ष मदन पोख्रेल, पथरीशनिश्चरे नगर महासंघका अध्यक्ष मैनादेवि आचर्य, कानेपोखरी अध्यक्ष नवीन राईको साथै उर्लाबारी, पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँ महासंघमा रहेका सामुदायिक वनका पदाधिकारी सदस्यहरु सहभागी थिए । 
    ट्याक्टर र चेन सो वन महासंघको टोलीले नियन्त्रणमा लिएपनि केहीबेरपछि नयाँ सहमति बिन काम नगर्ने सर्तमा फिर्ता भएको थियो । सो घट्नापछि मंगथलबार काम बन्द भएको थियो । चेन सो र ट्याक्टर नियन्त्रणमा लिने क्रममा सडक निर्माण चाइनीज कम्पनीमा कार्यरत कर्मचारी र सब डिभिजन वन कार्यालय पथरीका कर्मचारीहरुसँग केही बेर डिस्कस समेत भएको थियो । 
    ट्याक्टर र चेन सो नियन्त्रण अघि सामुदायिक वन उपभोक्ता महासंघ मोरङको आयोजनामा पथरीशनिश्चरे १० स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता महासंघको कार्यालयमा अन्तरक्रिया गरेका थिए । 
    अन्तरक्रिर्यामा वन ऐन २०७६, वन नियमावली २०७९ ले सामुदायिक वनले संरक्षण क्षेत्र भित्र परेको पैदावार उपभोक्ताले पाउने उल्लेख भएको नेताहरुले बताएका थिए । 
    वन कार्यालयले सामुदायिक वनलाई पैदावार समूह (उपभोक्ता)लाई नै दिने भनेर भपाई गराएपनि काट्ना थालेपछि सब डिभिजन वन कार्यालयहरुमा घाटगद्दी गर्न थालेपछि समस्या आएको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष मदन पोख्रेलको भनाइ छ । 
    एसियन हाइवे भरतहुँदै नेपालको काँकडभिट्टा पश्चिम चार लाइनको सडक बिस्तार सुरु भएको हो । हाल सञ्चालनमा रहेको मुख्य सडकको उत्तर र दक्षिण १६—१६ मिटर सडक बिस्तारको काम झापा र मोरङबाट एक साथ काम सुरु भएको छ । 
    सडक बिस्तारहुँदा उत्तर दक्षिणबाट निस्किेने काठ दाउरा सम्बन्धित सामुदायिक वनका उपभोक्ताले पाउनुपर्ने माग राख्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश, जिल्ला र नगर महासंघहरुको नेतृत्वमा आन्दोलन सुरु भएको हो । 
    ‘सडक बन्ने, बनाउने बिषयमा हामी सहयोग गर्छौ’ सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश समिति अध्यक्ष तुलशी संग्रौलाले भने ‘आफ्नो वन क्षेत्रको काठ, दाउरा उपभोक्ताहरुलाई झुक्याएर, ढाँटेर किन वन कार्यालयले कब्जा गर्नुपर्ने ?’
    मोरङमा मात्र १८ वटा सामुदायिक वनले संरक्षण गरेको क्षेत्रबाट १५ हजारभन्दा बढी सेफ्टी काठ निस्किने बताइएको छ । राष्ट्रिय र साझेदारी वनबाट निस्किने काठको परिमाण छुट्टै छ । सडक निर्माण कम्पनीले कनेपोखरी लगायत राष्ट्रिय तथा साझेदारी वनमा समेत रुख हटाइरहेको छ । 
    यो बिषयमा संघीय, प्रदेश वन मन्त्रीहरु, सचिव लगायत उपल्लो वन कर्मचारीहरुलाई पटक पटक बिषय राखिएको प्रदेश महासंघ सदस्य अग्नी पौडेले बताए । 
    सुनुवाइ नभए अझ कडा आन्दोलन गर्न महासंघ तयार रहेको महासंघका प्रदेश अध्यक्ष तुलशी संग्रौलाको भनाइ छ । माग पुरा नभए दैनिक रुपमा उपभोक्ताहरु निस्केर आन्दोलन गर्न बाध्य हुने संग्रौलाले चेतावनी दिए । 
    अन्तरक्रियापछि मदन पोख्रेलको संयोजकत्वमा सो बिषयको लागि अनुगमन समिति समेत गठन गरेका छन् । समितिको सहसंयोजक सिर्जना बिष्ट, सचिवमा त्रिभुवन नेपाल, कोषाध्यक्षमा संगीता बिक लगायत रहेका छन् । 
    सो बिषयमा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस चौधरीले राज्यको गौरवको योजना निर्माणमा समस्या हुन नहुने बताए । मंगलबार भएको घट्ना बारे माथिल्लो निकायमा बिषय पुगेको र उत्तर दक्षिण १६, १६ मिटर सामुदायिक वन नभएर सडककै जग्गा भएको वन अधिकृत चौधरीको भनाइ छ । 

    पूर्बी नेपालमा एसियन हाइवे
    एसियाली विकास बैंकको सहयोगमा नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर चार लाइनको सडक निर्माण कार्य अघि बढेको हो । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको हाइवे बन्न लागेको हो ।
    सडक निर्माण सम्पन्नहुँदा ७१ वटा पुलसहित सडक बन्नेछ । सडक र वनमा रहेका १२ हजारभन्दा बढी रूख कटान हुने बताइएको छ । झापा मेचीपुल पश्चिम एक किलोमिटर चार लाइनको सडक निर्माण सम्पन्न भइसकेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…