•  इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।इटहरी रङगशालामा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो । चर्च ब्वाइज इटहरी गोल्डकपको पनि फाइनलमा पुगेको क्लब हो । 

    चर्च ब्वाइजको जितमा समीर तामाङले खेलको ८९औँ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब उपाधिका लागि शनिबार चर्च ब्वाइज र आर्मीबीच भिडन्त हुनेछ ।त्यस्तै यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

    फाइनल खेल विजेताले १० लाख नगद र उपविजेतालाई पाँच लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ ।यस खेलमा नेपालका कप्तान रो…