• इलाम । इलाम—२ को उपनिर्वाचनमा चुलाचुली ६ साक्फारामा बिगत निर्वाचनहरुमा ढाँटेकै कारण एमाले, कांग्रेसलाई यो निर्वाचनमा गाउँ पस्न अप्ठेरो भएको स्थानीयवासीले बताएका छन् । 
    शनिवार (बैशाख ८) साझा स्वातन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्रशारमा गएका टोलीलाई साक्फारावासीले सो कुरा बताएको किरात राई यायोक्खाका नेता केदार राईले बताए । 
    शनिबार थेगिमको चुनाव चिन्ह मुढाको भोट माग्न चुलाचुली गाउँपालिकाको तोरीबारी, सिस्ने, आसेटार, पाखागाउँ, फुङ्नाम, दशसी र कालापानी क्षेत्र पुगेका थिए । 
    यो क्षेत्र दलका नेताहरुले आस्वासन मात्र दिउकै कारण हालसम्म इलाम जिल्लाको कर्णाली क्षेत्र भनेर चिनिन बाध्य छ । मोरङको मिक्लाजुङको मधुमल्लादेखि तोरीबारीहुँदै दशमी पुग्न धुले सडकको अवस्था जीर्ण रहेको छ । यो सडक २०१२ सालदेखि निर्माण गर्ने भनेपनि करिव दुई दशक अघि ट्रयाक खुलेको हो । सो सडकमा अहिलेपनि टु ह्वील गाडी उकालो चढ्न सक्दैन । फोर ह्वील गाडि मात्र दुःखले गुडाउन सकिन्छ । कतै ढुङ्गैढुङ्गा त कतै ठूला, ठूला खाडल र धुलोको कारण मुस्किलले मात्र सानो गाडीहरु चलिरहेको छ । 
    ठाउँठाउँमा विद्युत अझै पुगेको छैन । खानेपानीका समस्या उस्तै छ । सिंचाइ, शिक्षा र स्वास्थ्य उपचारको त कुरै छाडिदिउँ । आफ्नै पालिका पेल्टिमारी (आइतबारे) पुग्न एक हजार गाडिभाडा मात्र तिर्नुपर्छ साक्फाराबासीले । जिल्ला सदरमुकाम इलाम पुगेर आउन कम्तिमा ८ हजार खर्च गर्नुपर्छ । गाउँमा पुग्दा साक्फाराबासीले यही समस्या सुनाएको किरात याक्थुङ चुम्लुङका नेता डीबी कुरुङम्बाङ लिम्बूले बताए । 
    साबिक साक्फारा गाबिस लोकतान्त्रिक परिवर्तनपछि चुलाचुली गाउँपालिका—६ मा पर्दछ । साक्फारा दशमीमा विष्णु ढकाल, पाखागाउँका टंकमणी राई, सिस्नेको तेजबहादुर राई, आसेटारका डिकबहादुर मगर, रामबहादुर विश्वकर्मा लगायतसँग भेटघाटको क्रममा यही सामुहिक दुःख र पीडा सुनाएको नागरिक उन्मुक्ती पार्टीका सहमहासचिव दिलकुमार लावतीले बताए । 
    भेटघाटमा साक्फाराबासीले एमाले, कांग्रेस भोट माग्न गाउँ पस्नै अप्ठारो हुने स्थिति जनताले बताएको किरात मोर्चाको महासचिव डिल्लि मिभकले बताए । 
    तोरिबासीदेखि दशमी पुग्ने सडक भोट माग्न आउँदा सडक बनाइदिने आस्वासन दिने जितेर गएपछि गाउँसम्म नआउने कारण सडकको अवस्था उस्तै रहेकोले जनता रिसाएको पाइएको डिल्लि मिभकको भनाइ छ । 
    कांग्रेस, एमालेका पुराना नेताहरु यो क्षेत्रमा पस्नै समस्या हुने गरेको स्थानीय टंकमणी राईले बताए ।
    भोट मग्न गयो कि सडक, विद्युत, खानेपानीको समस्या सुनाइ हाल्छन । चुनाव जितेपछि समस्या समाधान गरिदिन्छु भन्ने सरकारमा जाने शुबास नेङमाङ सभामुख जस्तो देशकै उच्च तहमा पुग्दा पनि गाउँलाई फर्केर नहेरेको समस्या सुनाए ।
    एमाले गाउँ आयो कि त्यही जीर्ण सडकले गिज्याउछ । जनताले प्रस्न गरिहाल्छ । किन अघिल्लो आश्वासन पुरा भएन भनेर ।
    काँग्रेस पनि लामो समय सत्तामै बसे । त्यो क्षेत्रलाई हेरेनन् । पटक, पटकको आस्वस्त पुरा नगरी ढाँटेको कारण गाउँ पस्नै समस्याहुने राईले बताए । नेता आउँदा मात्र होइन गाउँकै कार्यकर्ताहरुलाई पनि भोट माग्न समस्या छ । 
    साक्फारा छिर्दा सबैको प्राय एउटै प्रस्न थियो ‘यो सडक कहिले बन्छ ।’ यायोक्खा जिल्ला नेता केदार राईले भने ‘डकेन्द्रसिंह थेगिमको मुढा चिन्हमा भोट माग्न पुगेका टोलीलाई पनि साक्फारावासीले यही प्रस्न गरे ।’ 
    यो क्षेत्रमा ८ गतेसम्म स्वतन्त्र पार्टी र मंगोल नेश्नल अर्गनाइजेसन पार्टीको टोली मात्र पुगेको स्थानीयले बताए । एमाले र कांग्रेस भोट माग्न आएपनि सडक सडक हिड्ने धेरै पटक ढाँटेको कारण गाउँ पसेर भोट माग्ने अवस्था नरहेको स्थानीयवासीको भनाइ छ । 
    पार्टीहरुले पटक पटक ढाँटेको कारण यो पटक भने साझा स्वातन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको माहोल बढेको स्थानीय अशोक राईले बताए । 
     

    साक्फारामा मुढामा भोट माग्दै कार्यकर्ताहरु


     

सम्वन्धित समाचार

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…