• मोरङ । पहिचान आन्दोलनको सहिद पदमकुमार लिम्बू (लाजेहाङ)ं परिवारलाई वार्ताको सहमति अनुसार प्रदेश सरकारले आज (सोमबार) ५ लाख राहत प्रदान गरेको छ ।
    पहिचान आन्दोलनरत पक्षसँग भएको वार्ताको सहमति अनुसार सरकारी वार्ता टोलीको संयोजकसमेत रहेका प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले उक्त राहत रकम प्रदान गरेका हुन् । 
    लाजेहाङको घर परिवार मोरङ बेलबारी—२ मा पुगेर मन्त्री जबेगुको टोलीले राहत रकम प्रदान गरेका हुन् । राहत हस्तान्तरणको लागि वार्ता समितिको सदस्यसमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलसमेत उपस्थित रहेका थिए । 
    कार्यक्रममा पहिचान आन्दोलनरत पक्षका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन (मिराक), किरात राई यायोक्खा संघीय समिति उपमहासचिव अर्जुन जम्नेली राई (महासचिव किरामुमो), किरात याक्थुङ् चुम्लुङका मोरङ जिल्ला अध्यक्ष डीबी कुरुम्बाङ लगायतको उपस्थिति रहेका थिए । 
    सरकार र आन्दोलनरत पक्षको कोशी नाम खारेजीको सन्दर्भमा भएको वार्ताको निर्णय अनुसार प्रदेश सरकारले सहिद लाजेहाङकी आमा धनमाया लिम्बू, छोरा विश्व लिम्बू र बहिनी पबित्रा लिम्बूलाई ५ लाखको चेक सरकारले हस्तान्तरण गरेको हो । 
    राहत हस्तान्तरणपछि वार्ता समिति संयोजकसमेत रहेका मन्त्री कमलप्रसाद जवेगुले प्रदेशको समस्या समाधानको लागि वार्ता जारी रहेको बताएका छन् । 
    वार्ताको सहमति अनुसार इलाम जेलमा एक बर्ष अघिदेखि जेलमा रहेका आशिस साम्बा लिम्बूको रिहाइको लागि प्रदेश सरकारले निर्णय गरेर संघीय सरकारमा सिफारिस गरेको, घाइते गजेन्द्र फागो, दिक्षा क्षेत्री लगायतको उपचार र मुद्धा फिर्ताको सम्बन्धमा तथ्याङ्क संकलन समितिको सिफारिस अनुसार कार्यान्वयन हुने बताए । 
    २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधर सामाजिक तथा राजनीतिक संगठनहरुले संयुक्त रुपमा खारेजीको आन्दोलन गर्दै आएका छन् । 
    २०७९ चैत्र ५ गते विराटनगर प्रदर्शनमा प्रहरीसँगको झडपमा घाइते पदमकुमार लिम्बू (लाजेहाङ)को उपचारको क्रममा १० गते मृत्यु भएको थियो । 
    लाजेहाङको मृत्युपछि आन्दोलन झनै चर्किएपछि तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा गठन गरेको वार्ता समितिसँग २०८० असार ४ गते भएको पहिलो वार्ता निष्कर्ष बिहिन भएको थियो । 
    केदार कार्की मुख्यमन्त्री भएपछि भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जबेगुको संयोजकत्व अर्को वार्ता समिति गठन भएको थियो । २०८० माघ २५ र २६ भएको दोस्रो वार्ता प्रदेशको नाम पुन नामङ्कनको लागि दुवै पक्षले वातावरण तयार गर्ने, सहिद परिवारलाई राहत, घाइतेको उपचार, जेलमा परेकालाई, रिहाइ र झुटा मुद्धा फिर्ता गर्ने लगायत पाँच बुँदे सहमति भएको थियो । 
    सोही टोलीसँग २०८० फागुन ९ गते पुन तेस्रो वार्तामा बन्दी रिहाइ, घाइतेको उपचारको लागि तथ्याङे्क संकलन गर्न समिति गठन र कोशी खारेजीको लागि अर्को निर्णायक वार्ता गर्ने भन्दै ३ बुँदे निर्णय भएको थियो । सोही वार्ताको निर्णय अनुसार सरकारले लाजेहाङ परिवारलाई ५ लाख क्षतिपूर्ति दिएको हो । लाजेहाङलाई प्रचण्ड नेतृत्वको संघीय सरकारले सहिद घोषणा गर्दै १० लाख परिवारलाई प्रदान गरिसकेको छ । 

    पहिचान आन्दोलनको क्रममा एक बर्षदेखि इलाम जेलमा पुर्पूक्षमा रहेका माङसेबुङका आशिष साम्बा लिम्बू

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …