• कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ । बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि–बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस पुनः स्मरण गराउने निर्णय गरको हो । 

    कोशी सरकारले जेठ ११ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न गत चैत २६ गते सिफारिस गरेको थियो । तर, एमाले–माओवादीका ५२ सांसदको मागअनुसार वैसाख ६ गते प्रदेश प्रमुख पर्शुराम खापुङले विशेष अधिवेशन आह्वान गरेका थिए । सो बैठकले संकल्प प्रस्ताव पारित गरी सरकार अल्पमतमा परिसकेको जनाउ दिदै विश्वासको मत लिन भनेको थियो ।

    तर मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत लिन अस्वीकार गरेका छन् । संकल्प प्रस्ताव पारित भएपछि विश्वासको मत लिने समय मंगलबार सकिएको छ ।

    सरकारले सिफारिस गरे पनि प्रदेश प्रमुख खापुङले बजेट अधिवेशन अहिलेसम्म आह्वान गरेका छैनन् । अर्को तर्फ एमाले–माओवादीले प्रदेश प्रमुखलाई सरकार गठनको नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् र प्रदेश प्रमुखले सोहि अनुसार कानुनी परामर्श गरिरहेको बताइएको छ ।

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …