• पाँचथरको स्याबरुम्बा–५ की २२ वर्षीया सुन्दरी भूमिका चौहान मोडलिङमा आफ्नो भविष्य खोजी रहेकी छिन् । ५ फिट ३ इन्चअग्ली भूमिकाले २ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् । हाल अमेरिकाको ओइयोमा रहेकी उनी त्यहाँ पनि मोडलिङमा सक्रिय रहेकी छिन् । उनले गायक रण खड्काको ‘कसरी भनौं म तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियोबाट मोडलिङमा पाइला चालेकी हुन् । उनले गायक खडकाकै अर्को ‘नलोभियौं साइली अर्काको धनैयमा’ बोलको गीतमा पनि उनले दमदार अभिनय गरेकी छन् । यतिबेला अमेरिकामा पनि अर्को भिडियोमा उनी अभिनय गर्ने तयारीमा छिन् ।

    बैवाहिक बन्धनमा बाँधिसकेकी उनी सशक्त अभियन गर्न माहिर छिन् । सानैदेखि मोडलिङ क्षेत्रमा रुची राख्ने भूमिकामा पति पनि संगीत क्षेत्रमै भएका कारण उनलाई मोडलिङमा आउन सहज बनेको छ । गायक खड्का भूमिकाका पति हुन् । गायक खड्काले पहिलो गीति संग्रह ‘मेमोराइज’ केही समयअघि बजारमा ल्याएका थिए ।

    सोही एल्बमबाट गायक खड्काले यतिबेला भिडियो निर्माण गरिरहेका छन् । आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी भूमिका मार्मिक भूमिकामा आफ्नो कला प्रस्तुत गर्ने रहर रहेको उनले बताइन् । मोडलिङसँगै कलाकारिता क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले सुनाइन् । भबिष्यमा राम्रो कलाकार बन्ने सोचाई रहेको छ उनले भनिन् । मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमका रुपमा लिएको बताउने भूमिकाले यस क्षेत्रलाई समाजले अझै नकारात्मक रुपमा लिने गरेको बताउँछिन् । 
    प्रस्तुतिः केशब खड्का

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…