• किशोर श्रेष्ठ

    उर्लाबारी, जेठ १० । हेर्दा अग्ली, गोरी, मिलेको मुहार अनि मिजासिलो स्वभावकी सोनु खान यतिबेला मोड्लिङमा सक्रिय छिन् । २५ वर्षयी सोनुले पहिलोपल्ट चर्चित गायीका अन्जु पन्तको स्वरमा रहेको “मर्न झनै गाह्रो” बोलको गीतमा अभिनय गरेर मोड्लिङमा पाइला टेकेकी हुन् ।

    भर्खरै मात्र बजारमा आएको उक्त गीतमा उनले सशक्त अभिनय गरेकी छन् । गायीका अन्जु पन्तको उक्त गीतमा सन्तोष खरेलको सँगीत र ताराप्रसाद चापागाईंको शव्द रहेको छ ।

    ५ फिट ३ इन्च उचाईको उनले पहिलो भिडियोमा नै जिवन्त अभिनय गरेर आम दर्शक स्रोताको मनजित्न सफल भएको छिन् । आउँदा दिनहरुमा अझ सशक्त अभिनय सहित गीतहरुमा देखा पर्ने तयारीमा छिन्, यतिबेला सोनु । सानैदेखि मोड्लिङमा विशेष रुची भएता पनि विभिन्न समस्याले गर्दा पुरा हुन नसकेको र अहिले आएर अन्जु पन्त जस्तो चर्चित गायीकाको गीतबाट मोड्लिङ सुरु गर्न पाउदा एकदमै हर्सित भएको सोनुले बताइन् ।

    काठमाडौंको ज्ञानेश्वर घर भैइ हाल रोजगारीको सिलसिलामा युएई बस्दै आएको उनले त्यहीँबाट नै मोड्लिङ यात्रा सुरु गरेकी हुन् । सोनुको जिउडाल, लवाई खवाई र मुसुक्क मुस्कुराउने बानीका कारण उनीसँग बोल्ने जोकोही उनीबाट प्रभावित नै हुन्छन् । त्यसैले पनि होला बिदेशमा भएपनि अन्तत्वगत्वा उनी मोड्लिङतर्फ पाइला अगाडी बढाउन उद्दत भइन् ।

    दुबईको एक प्रतिष्ठित होटलमा सुपरभाइजरको काम गर्दै आएकी उनले देशमा रहदाँ विभिन्न स्टेज कार्यक्रमहरुको संचालन गरेको अनुभव छ । फुर्सदको समयमा नयाँ ठाउँहरुमा घुम्न जानु, नृत्य गर्नु रुचाउने सोनु मोड्लिङले जोकोही मानिस भित्र रहेको क्षमतालाई प्रस्फुटन गर्न मद्दत गर्ने बताउछिन् ।

    वहुआयामिक क्षमताकी धनि सोनु पेशा र मोड्लिङ क्षेत्रलाई सँगसँगै अगाडि बढाउने योजनामा छिन् । ‘पढेको कुरा व्यवहारमा लागू गर्ने र आफ्नो रुचीलाई पनि साथै अगाडि बढाउँछु’, सोनुले थपिन, ‘समय व्यवस्थापन गर्न सकेमा मलाई कुनै पनि क्षेत्र छाड्नु पर्दैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…