•  

    अनिस तामाङ /युएई

    (रातोकलम),अगस्ट-१२

    मिस एण्ड मिस्टर ईन्डीजिनियसमा तामाङ र लिम्बू विजयी ! अनिस तामाङ /युएई नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघ मातहतका ११ ओटा जातिय संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको २४ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसको दिन युएईमा मिस एण्ड मिस्टर ईन्डीजिनियस प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।जसमा मिस्टर ईन्डीजिनियसमा किरात याकथुङ चुमलुङ यूएईबाट रोशन लिम्बू र मिस ईन्डीजिनियमा तामाङ समाज यूएईबाट ओसिन ब्लोन तामाङ विजयी भएकी छिन । विभिन्न जातिय संघसंस्थाहरुबाट १४ जना प्रतिस्पर्धीहरु सहभागी रहेको थिए ।

    जसमा रिमा तमु र राजु तमु (तमु समाज यूएई),फलेन्द्र बलाम्पाकी मगर र मुना थापा मगर (नेपाल मगर संघ शाखा यूएई), ओसिन ब्लोन र बिरू वाईबा (तामाङ समाज यूएई),धनकृष्ण राई र बिजय लक्ष्मी राई (किरात राई यायोख्या यूएई),मनिषा लिम्बु र रोशन लिम्बु (किरात याकथुङ चुमलुङ यूएई),पेमा डिकी शेर्पा र नुरू पिनासा शेर्पा (शेर्पा किदुग यूएई),सुरिन भुजेल (प्रवासी भुजेल समाज सेवा समिति यूएई), र बाल कुमारी सुनुवार (सुनुवार सेवा समाज यूएई) बाट प्रतिस्पर्धा गरेका थिए ।

    विशेषगरी भाषा धर्म संस्कृति प्रतिको लगाभलाई उत्प्रेरित गर्ने, प्रतिभाको विकास र आफ्नो पहिचान संग सम्बन्धि कुराहरूमा अध्ययन र चासो दिइयोस् भन्ने मुल उदेश्यका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरुको भेषभुषा, प्रस्तुति शैली देखि आफैले गोलाप्रथा द्धारा छनौट गरेको प्रश्नको उत्तरको आधारमा विजेता घोषणा गरेको थियो । उक्त प्रतियोगिताको निर्णायक मण्डल प्रमुखमा नेपाल आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष डेरराज तमु थियो भने निर्णायक मण्डल सदस्यहरुमा महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, जनजाति महासंघ युएईका उपाध्यक्ष - सरोज पाङ्गोहाङ लिम्बु,तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान,किराँत राई यायोक्खा शाखा युएई- अध्यक्ष हर्कजङ किराँती रहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…