• धरानकी रेखा फागो, मोडलिङ क्षेत्रमा चिरपरिचित नाम हो । एक दर्जन बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी रेखाले
    ‘तारेभीर’ नामक नेपाली कथानक चलचित्रमा पनि इन्ट्रि गरिन् ।
    भर्सटाइल, एक्सन र चञ्चले क्यारेक्टरमा देखिएको चलचित्रमा मज्जाले नचले पनि नब नायिकाको रुपमा छवि बनाइन् ।

    अहिले ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्रको सुटिङको क्रममा छिन् । चलेको नाम शिब श्रेष्ठ, प्रियङ्का कार्की, मिथिला शर्मालगायत कलाकारहरुसँग काम गरिरहेकी छिन् । नायिका नम्रता श्रेष्ठको अभिनय प्रति प्रभावित उनीलाई ‘मेरो एउटा साथी छ’ चलचित्र अत्यन्तै मन पर्छ रे ।

    सिने जगतमा रम्ने बताउने २३ वर्षिय नवनायिका फागोको उचाई ५ फिट ४ इन्च छ । वाणिज्य शास्त्रमा स्नातक तेस्रो वर्षकी छात्रा उनी आर स्क्वायर बुटिक धरानकी सञ्चालिका पनि हुन् ।


    दर्जनौं फेशन शोमा सहभागी भएर कौसलता प्रदर्शन गरेकी उनी करियरमा ध्यान दिएकाले स्पेशल प्रेममा नपरेको बताइन् । मिस लिम्बु २०१२ मा बेस्ट स्किनको उपाधि चुमेपछि कलाकारिता होमिएकी हुन् ।राज गुरुङको ‘फुल जस्तो...’, प्रमिला राई र देबेश राईको ‘सोल्टी ज्यू...’, सदर राईको ‘यो कस्तो भाग्य...’, पार्वती राईको ‘काठमाडौंमा धरर मेलम्चीको पानी...’ लगायत २ दर्जन गीतहरुमा मोडलिङ गरेकी छिन् ।



    –शब्दः फिपराज बेघा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…