• देबु बानियाँ
    झापा । ‘हेटौँडा लेडी जेसीज मिसेस मकवानपुर २०१८ दोस्रो संस्करणको’ ताज मेलिना राना मगरले जितेकी छिन् । मकवानपुर लेडी जेसीसले हेटौडामा आयोजना गरेको बिवाहित महिलाहरु बिचको उक्त प्रतियोगितामा राना मगरले उक्त उपाधिको ताजमा कब्जा जमाएकी हुन् । प्रतियोगिताको फाइनल राउण्डमा प्रमुख निर्णायक दिपकराज मिश्रले तपाईको बिचारमा असल महिला हुनु भनेको कसरी असल अभिभावक हुनु हो ? भन्ने प्रश्नको जवाफमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै मेलिना राना मगरले उक्त उपाधि हात पार्दै मिसेस मकवानपुरको ताज पहिरन सफल भईन । उनले भिवर च्वाईसको उपाधि पनि जितेकी छिन् । ताजसँगै उनले नगद २५ हजारसहित विभिन्न पुरस्कार जितेकी छिन् । प्रतियोगितामा फस्ट रनरअप रमिला श्रेष्ठ र सेकेण्ड रनरअप मनसा घिमिरेले उपाधि जित्न सफल भएका छन् । फस्ट रनरअपले १५ हजार र सेकेण्ड रनरअपले १० हजार रुपैया सहित विभिन्न पुरस्कार समेत प्राप्त गरेका छन् ।

    फस्ट रनरअप रमिला श्रेष्ठले हेल्दी हेयर र मनसा घिमिरेले मिसेस परफरमेन्सको उपाधि समेत हात परे ।
    मकवानपुरमा बसोबास गर्ने गृहणी महिलाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर गराउदै उनीहरुमा भएको प्रतिभालाई प्रष्फुटन गराउने उद्धेश्यले हेटौडा लेडी जेसिसले आयोजन गरेको मिसेस मकवानपुर २०१८ अन्तर्गतको यो दोश्रो शृंखला हो ।
    अन्य उपाधिहरुमा मिसेस फ्रेन्ड्ली निता श्रेष्ठ, मिसेस पंकच्योलिटि सपना मगर , मिसेस क्याटवाक दुर्गा ठकुरी , मिसेस फोटोजेनिक लक्ष्मी नेपाल , मेसेस स्क्रिन संगीता परियार , मिसेस ट्यालेन्ट चन्द्रकला बास्कोटा , मिसेस डिसिपिलिन मन्जु लामा बिष्ट, बेस्ट स्माईल उर्मिला घिमिरे महत , बेस्ट डान्स सबिता थापा मगर , र मिसेस पर्स्यानिलिटी कविता आचार्यले जित्न सफल भए ।
    कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाका उप मेयर मिना लामाले स्व. योगमाया न्यौपानेको स्मरण गर्दै मकवानपुरमा रहेका महिलाहरुको बिकासमा आफुले सहयोग गर्ने र महिलाले समान हक , अधिकार र अवसरको प्रयोग र सदुपयोग गर्नु पर्ने बताउदै आयोजकलाई धन्यवाद दिनु भएको थियो । त्यस्तै कार्यक्रममा हेटौडा लेडी जेसीसका अध्यक्ष अस्मिता श्रेष्ठ राजभण्डारीले महिला अग्रसरतामा कार्यक्रमले सहयोग गर्ने भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
    उक्त कार्यक्रममा दक्षिण एसियाकै पहिलो महिला फुटवल रेफ्री कल्पना शर्मा र बहु प्रतिभाका धनी रबिन्द्र बज्राचार्यलाई समेत सम्मान गरिएको थियो ।
    निर्णायक मण्डलमा प्रमुख निर्णायक दिपकराज मिश्र रहनु भएको थियो । अन्य निर्णायकमा काठमाडौँ जेसीसका अध्यक्ष ईनु थापा , ग्रेस श्रेष्ठ , डा. पुष्पा गिरी श्रेष्ठ , र सुरक्षा गुरुङ रहनु भएको थियो । यस कार्यक्रमका प्रोग्राम संयोजक सोफिया फागो र कार्यक्रम निर्देशक जोत्सना भण्डारी रहनु भएको थियो ।





















    }



















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…