• हरि कोइराला

    लेटाङ  । न उनी भोक लाग्यो भन्न सक्छन् । न त शौच गर्न आफै सक्छन् । उनी आफन्तको साहारामा बाँचेका छन् । मोरङको लेटाङ ५ खेरुवाका डेनिस राईको जीवन देख्दा आङ सिरिङ हुन्छ , मन कुडिन्छ । कमलो मन भएकाहरू भक्कानिन्छन् ।
    उनी ओछ्यानमा थलिएको ९ वर्ष भयो । जन्मदै मष्तिष्कमा पानी जम्ने समस्याबाट पीडित राई उपचार अभावका कारण अहिले झनै कष्टकर जीबन जीउन बाध्य छन् । डेनिस गर्भमा छँदै बुवा बेपत्ता भए ।

    ४ वर्षको छँदा बैदेशिक रोजगारका लागि मलेशिया गएकी आमा अझै फर्केकी छैनन् । आमा मलेशिया भासिएपछि उनको सम्पूर्ण हेरबिचार उनी मावली हजुरआमा काली राईले गरिरहेकी छिन् ।उनकी आमाको कहिले काँही फोन आउँछ । थोर बहुत खर्च पनि आउँछ । त्यो बाहेक अरु कुनै ममता डेनिसले पाएका छैनन । उनको न खुट्टा चल्छन, न त शरिर नै । देब्रे हात थोरै चल्छ ।त्यही हातले उनी आफ्नो भरोसालाई मादल झैं ताल निकालेर बजाइरहन्छ । सोमबार पनि आफू सुतेको बेन्चमा हातले टुङ् टुङ पारिरहेका थिए । उनी अरुले बोलेको सबै बुझ्छन् । मानिसका सम्बाद सुन्दा बेला बेला हाँस्छन् ।तर उनको मुखमा बोली आउँदैन ।

    टाउकोमा पानी जमेकोले उनको टाउको औषद मानिसको भन्दा ठूलो छ । त्यसैले उनी टाउको घुमाउन पनि सक्दैन । सोमबार लेटाङ नगरपालिका र सीवीआर मोरङको संयुक्त आयोजनामा शारीरिक अपाङ्गता भएकाहरूलाई सहयोगी सामग्री वितरण गरिएको छ । सोही कार्यक्रममा डेनिस आफ्ना मामा जितन राईको साथमा सहयोगी सामग्री लिन आएका थिए । शारीरिक अपाङ्गता भएका ३३ जना मध्ये सबैभन्दा जटिल समस्या लिएर बाँचिरहेका डेनिसलाई नगर प्रमुख शंकर राईले बिशेष प्रकारको बस्ने कुर्सी वितरण गर्नुभयो ।

    सहयोगी सामग्री वितरण कार्यक्रममा नगर प्रमुख राईले शारीरिक अपाङ्गता भएका ब्यक्तिहरूका लागि नगरपालिकाले सीपमुलक कार्यक्रमको आयोजना गर्ने बताउनु भयो । उहाँले दृष्टिबिहीन र बहिराहरूलाई पनि कार्यक्रममा सहभागि गराउन सीबीआरसँग आग्रह गर्नुभयो ।

    लेटाङ नगरपालिका र सीवीआर मोरङको संयुक्त आयोजनामा सहयोगी सामग्री वितरण कार्यक्रमको आयोजना गरिएको हो । नगरले २ लाख र सीवीआरले २ लाख गरी कुल ४ लाखमा कार्यक्रम आयोजना भएको सीवीआर मोरङका प्रबन्धक रन्जना दाहालले बताउनु भयो ।सो अबसरमा नगरका ३३ जना शारीरिक रुपमा अपाङ्गता भएका ब्यक्तिलाई,ह्विल चियर,ट्राई साइकल,कृत्रिम खुट्टा, हात,जुत्ता लगायतका सामग्री वितरण गरिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…