• झापा। सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवाको विस्तार भएको छ । २७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं। १, मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं। १८, धरमपुरमा शुरू गरेको छ ।

    महालक्ष्मी नगरपालिका वडा नं। १० का वडा सदस्य श्री छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले २७ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए भने २८ औँ शाखारहित बैंकिङ्ग सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्रकुमार गुप्ता र बैंकका प्रदेश नं।५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् ।

    पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…