• धुलावारी, २३ पुस । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको उम्मेदवारी तयार गरिएको छ ।
    लोकतान्त्रिक प्यालनको सोमवार नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचनका लागि उम्मेदवारहरु तयार गरेको हो । लोकतान्त्रिक प्यानलले संघको निर्वाचनका लागि अधयक्ष पदमा पुनित वंशललाई उठाउने निर्णय गरी सबै पदाधिकारीहरुको नामवली सार्वजनिक गरेको हो । गठित समितिमा बरिष्ठ उपाध्यक्ष्मा मोहन निरौला, उद्योग उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), बाणिज्य उपाध्यक्षमा कल्याण खड्का, महिला उपाध्यक्षमा विना तामाङ, महासचिवमा धुब्र कनाललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेसका नगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताए । बुढाथोकीका अनुसार सदस्य पदका लागि केदार निरौला, भूमि पौडेल, सन्दिप ओली, ललित बोहोरा, विनोद बानियाँ, देबेन्द्र कोइराला, राजु पोद्धार, शारदा कुमारी पराजुलीलाई उठाउने निर्णय गरिएको छ ।
    यस अघि अध्यक्ष पदका लागि मोहन निरौला, धुब्र कनाल, बसन्त तिवारी तथा ललित बोहोराले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, सबै उम्मेदवारका आकांक्षीहरु बिच भएको बैठकले सर्वसम्वत रुपमा पुनित वंशललाई अध्यक्षमा तयार गरेर अन्य पदहरुमा मिलेर जाने सहभाति भएको थियो । अध्यक्षका दावेदारका रुपमा रहेका बसन्त तिवारी बाहेक सबैलाई यस निर्वाचनको समितिमा मिलाइएको छ । बसन्त तिवारी संघको निवर्तमान महासचिव हुन् । उनी कांग्रेसका नगर सचिव र नेपाल यातायात मजदुर संघको केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत हुन् ।
    यसैगरी, सोही बैठकले नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य केशवराज पाण्डेको संयोजकत्वमा १ सय ५१ सदस्य चुनाव प्रचारप्रसार समिति तयार गरेको सभापति बुढाथोकीले बताए ।
    यता सयुक्त प्यानलको भने अध्यक्ष बरिष्ठ उपाध्यक्ष र महासचिव बाहेक अन्य पदहरुमा टुङ्गो भइनसकेको नेकपा पार्टी स्रोतले बताएको छ । अध्यक्षमा ऋषी तिम्सिना, बरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता र महासचिवमा भूपाल ओलीलाई उठाउने तयार गरिएको छ । अन्य नामवली मंगलवार बिहानसम्ममा आउने पार्टी स्रोतले बताएको छ । सयुक्त प्यानलमा नेकपा र संघीय समाजवादी फोरमको गठबन्धन रहेको छ ।
    स्मरण रहोस् ः संघको स्थापना कालदेखि हालसम्म नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको छ । पन्नालाल जैन संस्थापक रहेको यस संघमा विजय डालमियाले २ कार्यकाल तथा केशवराज पाण्डे र पंकज विक्रम नेम्बाङले नेतृत्व गरिसकेका छन् । नेम्बाङ वर्तमान अध्यक्ष समेत हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…