• काठमाडौं, २२ फागुुन । भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकका सेयर बिवाद उत्र्कषमा पुुगेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष बिके श्रेष्ठले आफन्त र भाईसाथीको नाउँमा ठुलो परिमाणमा सेयर खरिद गरी बैंकमा दवादबा कायम गरेपछि सेयर बिवाद उत्र्कषमा पुुगेको हो ।

    सोही बिवादका कारण नेपाल राष्ट्र बैकले एभरेष्ट बैंकलाई आर्थिक बर्ष २०७४—०७५ को खुुद मुनाफाबाट मध्येबाट लाभांस बितरण गर्न समेत बन्देज लगाएको छ । राष्ट्र बैंकको उक्त बन्देज पछि संस्थापक विष्णुकृष्ण (विके) श्रेष्ठले आफ्नो परिवारको नाममा रहेको ठूलो परिमाणको सेयर नामसारी गराए ।

    एभरेष्ट बैंकलाई भारतिय कर्मचारी र अध्यक्ष श्रेष्ठले धरापमा पार्ने चर्चाले बैंकिंग क्षेत्र चुलिएको छ । भारतिय नागरि एब एभरेष्ट बैंकका सिइयो सोमेश्वर सेठ,जनरल म्यानेजर गिरिस कोहिल, राविव जैनको प्रत्यक्ष निर्देशनमा समेत बैंक भित्रभित्रै खोक्रो बनाउने काम भइरहेको समाचार प्राप्त भएको छ ।

    यस अघि समेत भुकम्पका नाममा भएको लाखौं अनियमितताका बारेमा समेत ब्यापक असन्तुष्टी चर्किएको छ । केहि नेपाली मुलका कर्मचारीहरुले ती भारतीय कर्मचारीलाई छाती खोलेर साथ दिएका कारण पनि बैंक थप धारासाही भनेको हो ।

    राष्ट्र बैंकको निर्देशन छल्नका लागि मात्रै लामो समयदेखि अटेर गरेर बसेका अध्यक्ष बिके श्रेष्ठले आफ्नी कान्छी श्रीमती राधा श्रेष्ठ र भाई नेपालकृष्ण श्रेष्ठको नाममा रहेको सेयर अर्का नातेदार प्रतिमा श्रेष्ठको नाममा नामसारी गराए ।

    बैंक उच्च श्रोतका अनुसार राधा र नेपालकृष्ण श्रेष्ठको नाममा रहेको बैंकको ७२ लाख ३६ हजार ३७५ कित्ता सेयर प्रतिमाको नाममा बिक्री भएको छ । प्रतिकित्ता दुुई सय ६५ रुपैयाँको दरले एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार तीन सय ७५ रुपैयाँको एभरेष्टको संस्थापक सेयर कारोबार भएको नेप्सेको रेकर्डमा देखिन्छ ।

    श्रोतका अनुसार ब्रोकर नम्बर ४९ को अनलाइन सेक्युरिटीज र ब्रोकर नम्बर ५४ को नासा सेक्युरिटीजमार्फत् दुई श्रेष्ठले उक्त सेयर कारोवार गरेका हुुन । यि दुई वटा कारोबारमा मात्रै श्रेष्ठले नौ करोड रुपैयाँभन्दा धेरैको कर तिर्नुपर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…