• दमौली, १ चैत

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी आउनुभएकी उहाँले कालीगङ्गा माध्यमिक विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

    थापाले बुबा पहलसिंह र आमा भीमकुमारीको स्मृतिमा पहलसिंह–भीमकुमारी स्मृति अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो । अक्षयकोषवापतको रकम विधान तयार गरेर दर्ता गरेपछि विद्यालयलाई हस्तान्तरण गरिने विद्यालयका प्रधानाध्यापक छविलाल क्षेत्रीले जानकारी दिनुभयो ।

    अक्षयकोषको व्याजबाट आगामी शैक्षिकसत्रको शुरुआतमा कक्षा १ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । ती दुई छात्रछात्रा कक्षा १० उत्तीर्ण नगरेसम्म नियमित रूपमा उनीहरुको पढाइ, विद्यालय पोशाक, पाठ्यपुस्तक, कापी कलमलगायत सबै शैक्षिक सामग्री सोही अक्षयकोषको व्याजबाट उपलब्ध गराइने प्रधानाध्यापक क्षेत्रीले बताउनुभयो ।

    खानेपानी निर्माणमा जुटे गाउँले

    तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीय खानेपानी योजना निर्माणका लागि श्रमदानमा जुटेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको आर्थिक सहयोगमा निर्माण भइरहेको योजनाको पाइप विस्तारका लागि स्थानीय श्रमदानमा जुटेका हुन् ।

    उक्त ठाउँमा रहेको खानेपानी योजना जीर्ण भएपछि गहतेखोला पाथर्दी उपभोक्ता समितिमार्फत दुई महीनादेखि खानेपानी योजना निर्माण भइरहेको समितिका अध्यक्ष कृष्णबहादुर रानाले जानकारी दिनुभयो । डिभिजन कार्यालयको रु ३३ लाखको लागतमा निर्माणाधीन योजनाका लागि स्थानीयले दैनिक श्रमदान गरिरहेको उहाँले बताउनुभयो ।

    खानेपानी योजनाको हाल पाइपलाइन विस्तार र ट्याङ्की निर्माण भइरहेको छ । २० घनमिटरको एक, १२ घनमिटरको एक र आठ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भइरहेको रानाले बताउनुभयो । एक घर एक धारा अभियानअन्तर्गत सबै घरधुरीमा २४सै घण्टा खानेपानी पु¥याउने लक्ष्य राखिएको छ । खानेपानी आयोजनाबाट ७७ घरधुरी लाभान्वित हुनेछन् । सबै घरमा मिटरसहितको धारा जडान गरिने बताइएको छ ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…