• चर्चित लोकदोहोरी गायक पशुपति शर्माले केही महिना अघि ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बजारमा सार्वजनिक गरेका थिए। देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका थिए तर गीत सार्वजनिक भएको केही समय पछि त्यो गीत बिवादित बन्यो ।

    सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका थिए । उनले त्यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका थिए।

    उक्त गीतको प्रतिपक्षी दलले समर्थन गरे पनि सत्ताधारी दलले भने केही शब्द परिमार्जन गर्न गायकलाई सुझाब दिएका थिए । त्यसलगत्तै गायक शर्माले आफ्नो गीत युटुबबाट हटाए । पशुपति शर्माको गीत बिवादित बनेसंगै जनगायक झंकार बुढा मगरले भने देश लुट्न हुन्न भन्दै गीत गाएका छन् ।

    उनको गीतमा भनिएको छ,–‘आफ्नै देश लुटे पछि के हुन्छ र शान, लुट्न हुन्न देश कान्छा लुट्न देश, देश लुटी खाको पैसा हुन्न कहिल्यै बेश ।’ उनको गीतले सबै नेपालीलाई एकजुट हुन आब्हान गरेको छ । देश लुट्नेहरुलाई बेलैमा पहिचान गरि भ्रष्टचाररहित मुलुकको परिकल्पना उनको गीतले गरेको छ । एकता र राष्ट्रियताको संदेश दिने खालको उनको गीतलाई चौतर्फी रुचाइएको छ ।

    शब्द/संगीत तथा स्वर झन्कार बुढामगरको रहेको छ। तथा गीतमा कोरश अमर रोका मगर र कमला घर्तिको रहेको छ। गीतको सम्पादन काशिराम बुढामगरले गरेका छन्। भिम कुमाखी मल्लको छायाँकन रहेको गीतको यरेन्ज भुवन बिरही बडुले गरेका हुन्।हिमाल जि.सी.सल्लेरी खबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…