•  २०७५ चैत्र १३ बुधवार

    सामाजिक परिवर्तन एवं समाजमा रहेका अनाथ, अपाङ्ग, वृद्ध÷वृद्धा, एकल महिला, पिछडिएका वर्ग र दीन दुःखीहरूको सेवाको लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ६, नयाँबस्तीमा अनाथ अपाङ्ग आश्रम नेपालको स्थापना भएको हो । समाजमा रहेका अनाथ, अपाङ्ग वालवालिकाहरूलाई संरक्षण गरी शारीरिक एवं वौद्धिकरूपले सक्षम बनाउनु नै अनाथ अपाङ्ग आश्रम नेपालको मूल उद्देश्य रही आएको छ ।

     

     



    हाल यस संस्थामा अनाथ अपाङ्ग गरी २० जना वालवालिकाहरू रहेका छन् । ती वालवालिकाहरू मध्ये अनाथ वालवालिकाहरू विद्यालयमा गई शिक्षा हासिल गरिरहेका छन् भने शारीरिक रूपले अशक्त वालवालिकाहरूलाई तालिम प्राप्त फिजियो थेरापिष्ट ९एजथकष्य त्जभचबउष्कत० द्वारा नियमित रूपमा केन्द्रमा नै थेरापी गराइने गरिएको छ । जसको फलस्वरूप शारीरिक रूपमा दुर्वल वालवालिकाहरूलाई केही हदसम्म आत्म निर्भर बनाउने प्रयास जारी छ । त्यसैगरी समय–समयमा अपाङ्ग वालवालिकाहरू र उनीहरूका अभिभावकहरूलाई मनोचिकित्सक द्वारा सल्लाह÷सुझाव प्रदान गर्ने गरिएको छ । यसका साथै समय–समयमा र आवश्यकतानुसार स्वास्थ्यमा आउनसक्ने वा आएका कठिनाइहरूको समाधानका लागि वालरोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गराइने गरिएको छ ।यसैगरी अनाथ अपाङ्ग आश्रम नेपालले आवासीय सेवा मात्र नभै दिवा केन्द्रको पनि व्यवस्था गरेको छ । दिवा केन्द्रमा आउने वालवालिकाहरूलाई नियमितरूपमा आवत–जावतका लागि सवारी साधनको व्यवस्था समेत गरिएको छ ।







    भविष्यमा यस संस्थालाई विस्तार गरी आफ्नै जग्गामा आधुनिक एवं अपाङ्ग मैत्री भवन निर्माण गर्दै अनाथ, अपाङ्ग र अति विपन्न परिवारका छोरा छोरीलाई पनि संस्थाकै भवनमा सेवादिने उच्च लक्ष्य रहेको छ । यसका साथै संस्थाले समाजमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि यस्तै खालका कार्यक्रमहरूका साथै स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम, सिपमूलक र आयमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने लक्ष लिएको छ । यसको सञ्चालन नितान्त सामाजिक भावनाबाट अभिप्रेरित भएका व्यक्तिहरूबाट भइरहेको छ ।हालसम्म यस संस्थालाई कुनै दातृ निकायबाट सहयोग प्राप्त भएको छैन तापनि व्यक्तिगतरूपमा मनका धनी, सामाजिक व्यक्तिहरूको सहयोग र सद्भाव भने प्राप्त भएको छ । यस संस्थाले आर्थिकरूपमा कठीनाईको सामना गर्नुपरीरहेको छ तापनि संस्थालाई उच्च मनोवलका साथ अगाडि बढाउने हाम्रो अभिप्राय रही आएको छ ।

    को हुन् त गोपाल कार्की ?


    गोपाल कार्की एक समाजसेवी भावनाले ओतप्रोत भएका व्यक्ति हुन् । उनले आफ्नो नेतृत्वमा समाजमा भएका अनाथ अपाङ्ग र मानसिक रूपमा नै सुस्त भएका अपाङ्गलाई समेत संरक्षण दिई पालन पोषण गर्दै आएका छन् । पूर्वको मोरङ जिल्लामा जन्मिएर काठमाडौँलाइ कर्मभूमी बनाएका कार्की, परोपकारी, समाजसेवी र मिलनसार भावनाका प्रतिविम्वका रूपमा परिचित व्यक्ति हुन् । एम. ए. सम्मको अध्ययन गरेका कार्कि, कुशल समाज सेवी मात्र नभई कुशल व्यवस्थापक, कुशल शिक्षक र प्रेरणादायी अभिभावक समेत रही आएका छन् । असल स्वभावका साथ समाज परिवर्तन गर्ने उद्देश्य लिइ इन्जिनियर पढ्दै गरेका छोरा र कक्षा १० मा अध्ययनरत छोरीका पिता रहेका कार्कि आपूmले अध्यापन गराएका विद्यार्थीहरू समेत कुमार्गमा नलागी डाक्टर, इन्जिनियर, पत्रकार र कलाकार बनेको पाउँदा उनका नयन हर्षले रसाउँछ । जिवनको परिभाषा कसरी गर्ने ? भनी प्रश्न गर्दा उनी भन्छन् “जिवन भनेको अविरल रूपमा बग्ने नदी जस्तै हो जसमा अनेक उकाली ओरालीहरूको सामना गर्दै अगाडी बढ्नु पर्छ । जिवन बिगार्ने वा सपार्ने त्यही व्यक्तिको हातमा छ ।” समाजसेवी कार्किलाई एक सामाजिक विज्ञका रूपमा लिन सकिने कुरा उनका साथी विज्ञान शर्मा बताउँछन् । उनको परोपकारी भावना र उनले लिएको उच्च उद्देश्यका यात्रामा सबैको सहयोगको खाँचो रहेको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…