• रातोकलम अनलाइन।
    क्वालालम्पुर,चैत्र-१७

    नेपाली ब्यवसायी समाज मलेसिया लगायत मलेशियामा गठित विभिन्न समाजिक संघसंस्थाहरुको सङ्युक्त आयोजनामा गत आइतबार स्वागत कार्यक्रम सम्पन्न भएको छ।मलेशियाको राजधानी क्वालालम्पुर स्थित फाइभ एलिमेन्ट होटलको सभाहलमा आयोजना भएको विशेष समारोहमा नवनियुक्त राजदुत उदयराज पाण्डेलाई भब्य स्वागत तथा सम्मान गरेको हो।

    नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाका प्रवक्ता ईश्वर राईले सञ्चालन गरेको कार्यक्रमको सभापतिमा नेपाली ब्यवसायी समाज मलेसियाको अध्यक्ष ईन्द्र लिम्बू , प्रमुख अतिथीमा नवनियुक्त राजदुत उदयराज पाण्डे र विशेष अतिथिमा गैर आवासीय नेपाली संघ मलेसियाका वरिष्ठ-उपाध्यक्ष टेक बहादुर धिक्त रहनु भएको थियो।भने स्वागत मन्तब्य सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष समीर मल्लको राखेका थिए।

    उक्त कार्यक्रममा नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)मलेसियाका अध्यक्ष सुनाखरी मगर , नेपाल् कम्युनिस्ट पार्टी सम्बद्ध बिदेश बिभाग(प्रबासी नेपाली एकता मन्च मलेसिया)का कार्यदल सदस्य प्रेम पाण्डे, नेपाली ब्यवसायी समाजका सचीव बिपिन राई , नेपाल् कम्युनिस्ट पार्टी बिप्लव निकट मलेसिया मोर्चाका अध्यक्ष विजय लामा , नेपाली प्रवासी सितोेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला गायतका श्रमिक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    समाजिक अगुवा,राजनीतिक पार्टीको अगुवा र पत्रकारहरुको गुनासो,जिज्ञासाहरुको उत्तर दिदै कार्यक्रमका प्रमुख अतिथी पाण्डेले यहाँ कार्यरत सम्पुर्ण नेपालीहरुले हातेमालो गर्दै दूतावास संग समन्वय तथा सहकार्य गर्न आह्वान गर्नु भएको छ। साथै यहाँ रहेका संगठनको पगारी धुतेर कुनैपनी श्रमिक ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी समेत दिएका छन। नभए त्यस्ता जघन्य किसिमका कुनै काम गरे दूतावासले कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। यद्यपि कारवाही गर्दा कुनै संस्थालाई नभई नितान्त ब्यक्ति लाई कारबाही हुने छ।र दूतावासका कुनै कर्मचारीहरुले पनि कुनै नराम्रो कार्य गरिरहेका छन।भने दूतावास प्रमुखलाई जानकारी गराउन आग्रह गरे त्यस्ता कर्मचारीहरुलाई पनी आवश्यक कारवाहीको कदम चालिने छ। दूतावासबाट निस्कासन समेत गर्न सकिने छ।राजदुत पाण्डेले थपे,



    पाण्डेको भनाई अनुसार नेपाल् सरकारले निर्णय गरिसकेको नयाँ नियम अनुसार कुनैपनि मागपत्र,अब दूतावासले स्वीकृति नदिईन्जेल सम्म कामदार मलेसिया ल्याउन नपाइने,र कुनैपनि कम्पनीले कामदारलाई दु:ख दिने काम गरिरहेको छ भने चेतावनी दिदै भने अब त्यस्ता काम बन्द गर्नुस किनभने आगामी दिनहरुमा जब सम्म दूतावासले प्रमाणित गर्दैन तबसम्म कामदार ल्याउन पाईने छैन।कार्यक्रममा मनोरञ्जनको निम्ति स्थानीय नेपाली कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने कलाकारहरुलाई आयोजकले कदरपत्र सहित सम्मान गरेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…