• दीप खादी लिम्बू
    क्वालालम्पुर,साउन-१३

    किरात याक्थुङ्ग चुम्लुङ्ग प्रबाश साखा मलेशियाले लामो समय पश्चात् आफ्नो संगठन लाई पुनर्गठन गर्ने भएको छ।केही समय अघि मलेशियाको भ्रमणमा रहेका किरात याक्थुङ्ग चुम्लुङ्गका केन्द्रिय सचिब डा.योगेन्द्र पालुङवा लाई भेट गर्ने क्रममा चुम्लुङ्ग बारे बृहत् छलफल भएपछी पुनर्गठनको माहोल बनेको हो।

    उक्त अधिबेशनका लागि चुम्लुङ्गका पुर्ब अध्यक्ष संयोजक रहने गरि १० सदस्यीय नया भेला आयोजक समिति गठन गरेको संयोजक कृष्ण आङ्देम्बेले रातोकलम अनलाइन लाई बताए।पुरानो समिति लाई विघटन गर्दै आगामी सेप्टेम्बर-२९ तारिक क्वालालम्पुरको फाइभ एलिमेन्ट होटेलमा अधिबेशन गर्ने घोषणा गर्दै तदार्थ समिति समेत गठन भएको छ।

    मलेशिया चुम्लुङ्गका पुर्ब अधिकारीहरु सबै नेपाल गएपछि लामो समय सम्म नेतृत्व बिहिन अवस्थामा रहेको चुम्लुङ्ग लाई पुन निरन्तरता दिन पुनर्गठन गर्न लागिएको आङ्गदेम्बेले जानकारी दिएका छन।विशेषगरी लिम्बुहरुको मौलिक सास्कृती,धर्म,भाषा,रिति रिवाज र रहन-सहन लाई उत्थान र प्रबर्द्धन गर्ने चुम्लुङ्गको मुख्य भुमिका र उदेश्य रहेको छ।

    -मलेशिया याक्थुङ्ग चुम्लुङ्ग तदार्थ समितिहरुको नामावली निम्नलिखित छ।

    १.संयोजक-कृष्ण आङ्देम्बे
    २.दील कुमार केरुङ्ग
    ३.जीतमान लिम्बू
    ४.याम लिम्बू
    ५.दुर्गा लिम्बू
    ६.प्रकाश मान लिम्बू
    ७.शन्त लिम्बू
    ८.कमला लिम्बू
    ९.दील कुमार तुम्रोक लिम्बु
    १०.दीप खादिहाङ्ग लिम्बु

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…