• इटहरी । इटहरी जेसिजको २०१९ सप्ताह कार्यक्रम अन्र्तगत जेसिज वनको अवधारणा सहित इटहरी उपमहानगरपालीका वडा नम्बर ३ खोर्साने खापमा करिब दुइृ हजार बिरुवा लगाईएको छ । वातावरण जोगाउ , स्वच्छ वातावरण निमार्ण गरुम भन्ने उद्धेश्य सहित वृक्षारोपणगरिएको हो । जेसिजले समुदायमा गएर सामुदायीक कामलाई अगाढि बढाउने हुदा यो वनको अवधारणा ल्याईएको र बिरुवा लगाउने मात्र नभएर त्यसको संरक्षण गर्न तारजाली लगाउने योजना रहेको इटहरी जेसिजका अध्यक्ष बिनोद पौडेलले बताए ।
    कुनै वेला नेपालको धन हरियो वन भन्ने चलन रहेको थियो तर आज भोली दैनिक जसो रुख, बिरुवा मासिदै गएको कारण उजाड हुन थालेको कारण वातावरणलाई सधै जोगाई रा जेसिज अग्रसर रहेको कार्यक्रम संयोजक बाबुराम नेपालले बताए । त्यसै गरि कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेल ,उद्योग वाणिज्य संध इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल, शसस्त्र प्रहरी प्रदेश एक प्रमुख नायव महानिरिक्षक नगेन्द्र थापा, रेडक्रस सोसाईटि इटहरीका सभापति बिमल पौडेल , लगायतले वृक्षारोपण गरेका थिए ।
    सप्ताह अन्तर्गत अन्तरबैंक फुटसल प्रतियोगिता, स्वास्थ्य शिविर, जेसिज वन उद्घाटन, साईबर क्राईम तथा दुव्र्यसनि सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भई सकेको र वक्तृत्वकला प्रतियोगिता लगायतको कार्यक्रम रहेको संयोजक लोकनाथ भण्डारिले बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…