•  

     

    वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ ।

    २०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए ।

    यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिसोधमा भएका देखिन्छन् ।

    गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षे जेनी खड्कामाथि एसिड प्रहार भयो । खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हानेका थिए । २०७५ असोज पहिलो साता तेब्बर कम उमेरकी सझनाकुमारी दासमाथि एसिड छ्यापेका थिए । यस्ता घटना निरन्तर हुँदै आएका छन् ।

    वीरगञ्जमा महानगरपािलका–४ बर्तास्थित गणेशमान सिंह चोकमा १६ वर्षीय सम्साद मियाँ हजामले शुक्रबार वीरगन्ज शुक्रबार वीरगञ्ज–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि भएको एसिड एसिड प्रहार गरेका हुन् । घाइते खातुनलाई नारायणी उपक्षेत्रीय अस्पतालको रिफरमा काठमाडौँ किर्तीपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आइबार शल्यक्रिया गरिनेछ ।

    त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत खातुनमाथि स्कुल जानेबेला बाटो ढुकेर सम्सादले एसिड प्रहार गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र भूषण यादवले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…