• विराटनगर २६ भदौ
    श्री बैष्णव आचार्य परिषद साथै विभिन्न स्थानका पिठाधिस सम्मिलित आचार्यहरुले चतराधामका त्रीदण्डी अनन्त श्री विभूषित जगतगुरु रामानन्दचार्य श्री रामकृष्णाचार्यलाई सम्मान गरेका छन् । विराटनगर स्थित लक्ष्मिनारायण मन्दिर पान्चालीमा विहिवार आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।


    केही समय अगाडि कृष्णदासजी महाराज जगतगुरु विभुषित भए संगै १ नं. प्रदेशका आचार्य तथा पिठाधिसहरुले उहाँलाई सम्मान गरेका हुन् । चतराधाममा रहेर धार्मिक तथा आयुर्बेदका ज्ञाता समेत रहनुभएका श्रीराम कृष्णाचार्यलाई धार्मिक उत्थान र सेवाभावको काम गरेको भन्दै सम्मान गरिएको हो । श्री १००८ केशव आचार्य स्वामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लक्ष्मिनारायण मन्दिर पान्चालीका पिठाधिस अच्युत प्रपन्चाचार्य , लक्ष्मिनारायण मन्दिर पिपलचोकका पिठाधिस आचार्य रामानुज नेपाल ,माइधार भागवत आचार्य स्वामी ,गोविन्द आचार्य स्वामी लगायतको सहभागिता रहेको थियो । यस्तै पान्चाली मन्दिरमा प्रदेश नं १ स्तरिय बराह क्षेत्रीय आचार्य परिषदको तीन दिने विचार गोष्ठि समेत शुभारम्भ भएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…