• उर्लाबारी । मोरङको उर्लाबारी—७ स्थित सुन्दरफूल वचत तथा ऋण सहकारीको ११ औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । उर्लाबारीस्थित हाम्रो वचतको सभाहलमा भएको साधरण सभामा सेयर सदस्यलाई पुरस्कृत तथा सम्मान गरिएको छ । लामो समयदेखी शिक्षणपेशमा आवद्ध पशुपति आमाविकी शिक्षिका जानुका सुवेदी र सप्तकोशी आमाविका सुरेश अधिकारीलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । शिक्षिका जानुका २० बर्षदेखी शिक्षणपेशामा अनवरत रुपमा क्रियाशिल छिन् ।


    यस्तै,असल ऋणि मुना शेर्पा राई,चन्द्रप्रसाद दुलाल,सुमित्रा खनाल, र नेमा डोल्मा लामालाई पुरस्कृत गरिएको छ । यस्तै सेयर सदस्यका छोराछोरीबाट कुशल खनाल र युनिक श्रेष्ठलाई एसईईमा उत्कृष्ठ अंक ल्याएकोमा पुरस्कृत गरिएको छ । संस्थाका अध्यक्ष गोपाल प्रसाद रिमालको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार केदार खनालको प्रमुख आतिथ्यता रहेको थियो । सल्लाहकारहरु लेखनाथ भट्टराई,नोवलकिशोर खनाल,टिकाप्रसाद दंगालको आतिथ्यता रहेको कार्यक्रममा उपाध्यक्ष खगेन्द्र सिटौलाले स्वागत गर्नुभएको थियो ।
    प्रगतीप्रतिवेदन भवी कार्ययोजना सचिव उपेन्द्र कडेल,लेखा समितिको प्रतिवेदन उद्धब निरौला र कोषाध्यक्षको प्रतिवेदन छलफल तथा पारित विश्वास ढकालले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…