• झापा ,असोज १३ । झापाको अर्जुनधाराबाट ठुलो परिणाममा बारुद जन्य विस्फोटक पदार्थ बरामद गरिएको छ । बरामद गरिएको सो विस्फोटक पदार्थ नेत्र विक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताको रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

     

    जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राती झापाको अर्जुनधारा नगरपालिका १ स्थित एक घरमा लुकाई छिपाई भण्डारण गरी राखेको ठुलो परिणामका बारुद जन्य विस्फोटक पदार्थ बरामद गरेको हो ।

     

    प्रहरी स्रोतका अनुसार बम विस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायतका बारुद जन्य पदार्थ बरामद  भएको छ । बरामद गरिएको विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

     

    विस्फोटक पदार्थको विषयमा आजै बिहान ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । उनले भने, ‘बरामद गरिएको विस्फोटक पदार्थमा बम बनाउन प्रयोग हुन्छ, बाँकी कुरा पत्रकार सम्मेलनमै जानकारी गराउने छु ।’

     

    जिल्लामा श्रंखलाबद्ध रूपमा बम विस्फोटका घटना हुन थालेपछि झापा प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका १ बस्ने ३४ वर्षीय प्रवीण मिश्र ९मनिष०, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका ५ बस्ने ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका २ बस्ने २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूकै बयानको आधारमा अर्जुनधारामा भण्डारण गरी राखिएको विस्फोटक पदार्थ बरामद गरेको प्रहरी स्रोतले बताए ।

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…