• कार्तिक ३, पथरी ।
    मोरङको पथरीमा जारी दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगितको पहिलो चरणका खेलहरु शनिवार देखि समाप्त भएका छन् ।
    शनिवार भएको पहिलो चरणको अन्तिम खेलमा डाँगिहाट फुटवल क्वल बेलवारी विजयी बनेको छ ।
    खेल शुरु भएको पहिलो मिनेटमै गोल गर्दै शुखद सुरुवात गरेको दमक फुटवल एकेडेमीले लिएको अग्रता जोगाउन नसक्दा पहिलो चरणबाटै बाहिरीएको छ । खेल सुरु भएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका अनिल तिम्सिनाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि खेलको अन्तिम मिनेटमा डाँगिहाटका खेलाडी विक्रम तामाङले गोल गरेपछी निर्धारीत समयमा खेल १ १ गोलको बराबरीमा टुङ्गिएको थियो ।
    जितको निर्णयका लागी भएको टाइब्रेकरमा ४ २ गोल अन्तरले दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डाँगिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको हो ।
    टाइव्रेकरमा डागिहाट मोरङको लागि शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए ।
    दमकका लागि सुसन कार्की, किस्मत लिम्बुले गोल गरेपनी अनिश खड्काले प्रहार गरेको गोल पोस बहिरिनुको साथै राजन धिमालले हानेको गोल विपक्ष टिमका गोल रक्षक छिरिङ तामाङले रोकेका थिए ।
    खेलको म्यान अफ दि म्याच डाँगिहाटका गोल रक्षक छिरिङ तामाङ घोषित भए । आइतबारको पहिलो सेमि फाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।
    सोमबार हुने अन्तिम सेमिफाइनलमा डाँगिहाट बेलबारी र पन्चायन सुनसरी आमनेसामने हुदैछन् ।
    प्रतियोगिताको प्रथम हुने टोलीले ८१ हजार, १ सय ११ रुपैयाँ र दोस्रो हुनेले ५१ हजार, १ सय ११ रुपैयाँ नगदको साथै ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …