• कुमार खड्का मंसिर १, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मुख्य जिम्मेवार कर्मचारी प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला र शिक्षा शाखा प्रमुख (उपसचिव) सालिग्राम काफ्ले यतिवेला विदेश सयरमा झुमिरहेका छन् । स्थानीय तह आयो अब काम गर्न सहज हुन्छ भन्ने ठानेका जनता भने मुख्य जिम्मेवार कर्मचारीले आफ्नो दायित्व पुरा नगर्दा कर्मचारीकै कारण झुल्दै यति बेला सास्ती खेपिरहेका छन् । नगरमा २ जना उपसचिव छन् तर दुवैजना बिदेशमा भएपछि काम कस्ले गर्ने ? सेवाग्राही नगरपालिका आएर कामै नभएपछि निरास बनेर फर्किन बाध्य छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला यतिबेला चाइनामा रहेका छन् । भने उपसचिव काफ्ले भारत भ्रमणमा रहेका छन् । धमला कार्तिक २४ गते देखि मंसिक १० सम्म तालिममा सहभागी हुन चाइना गएका नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिएपनि कस्तो तालिम त्यो भने खुलाएनन् । संघीय सरकारसंगको सहाकार्यमा संचालन हुने भनिएको खुलाउनै नमिल्ने सो तालिम अवधीभरका लागि नगरको सम्पूर्ण काम कार्वाही शिक्षा शाखा प्रमुख (उपसचिव) सालिग्राम काफ्लेलाई जिम्मेवारी दिएर गएका धमला अझै विदाको हिसावले अझै ९ दिन कार्यालयमा अनुउपस्थीत हुने देखिन्छ । तर यतिवेला निमित्त प्रमुखको जिम्मेवारी पाएका काफ्ले पनि भारत भ्रमणमा रहेका छन् । कार्तिक २७ गते नगरका सामुदायिक विद्यालयहरुका प्रधानध्यापकहरुको टिममा काफ्ले पनि भ्रमणमा हुइकीएपछि नगरको काम प्रभावित भएको हो । काफ्ले भ्रमण सकेर मंसिर पहिलो हप्ता मात्रै फर्कने नेपाल फर्कने सुनिएको छ काफ्लेको समय तालिका अनुसार हेर्ने हो भने सेवाग्रहीले मंसिर पहिलो हप्ता देखि मात्र कार्यलयको सेवा पाउने देखिन्छ । यसअघि पनि नगरमा प्रमुख प्रशासकीय अधिकृत निकै कम समय मात्र बस्ने गरेको गुनासो जनप्रतिनिधिहरुबाटै आइरहेको थियो । ‘यस्तो अवस्थामा एकजना त अफिसमा हुनुपर्ने हो तर निमित्त पाउनुभएको सर पनि भ्रमणमा निस्कनुभयो । केही समस्या होला यदि त्यस्तो अवस्था भएमा नगर प्रमुख र उपप्रमुखलाई नै भेट्नुहोला’ नगरप्रमुख नगरप्रमुख राईले भन्नुभयो                                                                                    ग्यान्टोक घुम्दै सालिग्राम काफ्ले  

    पथरीशनिश्चरेका १ का मसन्त बहादुर राई जेष्ठ नागरिक परिचय पत्रमा सहि गराउन ४ पटक आउदा सम्म काम नभए पछि निरास हुदै फर्किए । ४ दिन नगर धाएपछि उनले थाहा पाए जिम्मेवार कर्मचारीहरु तालिम, बिदा र भ्रमण लागेका रहेछन् दुःख हामी जनताले नै त भोग्नु पर्ने रहेछ नि राईले संचारकर्मी संग गुनासो गरे । यस्तै नगरको टेन्डर परेपछि सम्झौताका लागि इटहरीबाट २ पटक सम्म धाउदापनि हाकिम नभएको भन्दै फर्किन बाध्य भएको प्रेम रायमाझीले बताए । संझैता गर्नु पर्ने समय कम छ तर पटक पटक आउदा सम्म हाकिम, तथा जिम्मेवार कर्मचारी नहुदा सास्ती ब्याहोनु परेको रायामाझीले बताए । एक त कर्मचारी अभाव छ भएका कर्मचारीहरु पनि बिदा, काज र भ्रमणमा हिड्ने गरेका छन् । केहि दिन अगाडी वडा नंबर ४ का वडाध्यक्ष गोबिन्द बहादुर भण्डारीले पत्रकार सम्मेलनमा भनेका थिए “प्रमुख प्रसासकीय अधिकृत अम्बिका प्रसाद धमला अधिकांश समय बिदामा बस्ने, कार्यलय नआउने, हप्ता भरिको काम एकै पटक आएर गर्ने गर्नाले प्रशासनिक काममा समस्या भएको बताएका थिए” ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…