• काठमाडौं। मो’हम्मद अ’फ्ताव आ’लमको १२ वर्ष पुरानो मु’द्दाको अनुसन्धान एउटा टुंगोमा पुर्याएर रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनमानसमा प्रहरीको साख उठाएका छन्।

    खत्रीसामु अब जिल्लाका अन्य ज’घन्य अ’पराध अनुसन्धान अघि बढाउने जिम्मेवारी पनि थपिएको खबर आजको हिमाल साप्ताहिमा मुकेश पोखरेललले लेखेका छन्।

    ०७५ वैशाख १२ मा रौटहट पुग्दा उनीसँग जिल्लाको नेतृत्वको अनुभव थिएन। तर, अ’नुसन्धानमा अनुभवी खत्रीलाई आलमको मु’द्दालाई अघि वढाउन संगठित अ’प’रा’ध अनुस’न्धानको अनुभवले ठूलो मद्दत गर्यो।

    प्रहरीप्रति सर्वसाधारणको भरोसा कम भएकाले सुरक्षाको प्रत्याभूति दिलाउँदै साक्षीहरुलाई विश्वासमा लिनु कम चु’नौतीपूर्ण थिएन। तर, त्यो चु’नौतीपूर्ण काम उनले पूरा गरेका छन्। गएको चैत अन्तिम हप्ताबाट सुरु अनुसन्धान ६ महिनापछि टुंगोमा पुग्दा ८५१ पेजको फाइल तयार भयो।

    प्रमाण जुटाएर २६ असोजमा प’क्राउका लागि पुगेका खत्रीलाई आलमले उल्टै हत्क’डी लगाउने ध’म्की दिएका थिए। तर, उनले वि’चलित नभइ अ’नुसन्धान अघि वढाए। यतिबेला आलम नक्खु का’रागा’रमा ब’न्दी जीवन विताइरहेका छन्।
    हेर्नुहोस भिडियो

    https://youtu.be/HPGwKH2MwwE
    यो पनि पढ्नुस

    हाँस्य कलाकार हरिवंश आचार्यको ६३ औं जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका अधिकांश परिचित अनुहारको उपस्थिती थियो । नयाँ बाँनेश्वरमा आयोजना भएको जन्मदिन सेलिव्रेश कार्यक्रममा हरिवंश भावुक देखिए ।

    छेउमै रहेका साथी मदनकृष्ण श्रेष्ठको कुरा सुनिसकेपछि हरिवंशले भने– ‘मलाई पहिले–पहिले मह संचार भनेको थोरै मानिसहरुको समुह मात्र लाग्थ्यो । तर, अहिले त मह संचार सबैको परिवार भएको छ । यसको लोकप्रियतालाई अब कसैले पनि कम आँकलन गर्न सक्दैन ।’

    नेपाली चलचित्र क्षेत्रमा नै हाँस्य चलचित्रको रस गडेको भन्दै हरिवंशले यो कुराले आफूलाई झनै उर्जा मिल्ने बताए । उनले, चलचित्र क्षेत्रका लागि सुनौलो यूग सुरु हुन लागेको समेत तर्क गरे । क्लिन फिड लाग्नु, विदेशी चलचित्रमाथि कोटा प्रणालीको कुरा आइरहनुले पनि अब यो क्षेत्र झनै बलियो हुने उनको दाबी थियो ।

    अहिले यूग प्रविधीको यूग भएको भन्दै हरिवंशले अहिलेका हाँस्य कलाकारहरुबाट आफूहरुले धेरै कुरा सिक्ने बताए । उनले भने–‘हामीले कसैको सफलतामा डाहा गर्ने भन्ने कुरा नै आउँदैन । अहिले त जो सफल भएपनि हामीहरु नै सफल भएजस्तो लाग्छ ।’

    हरिवंशले मह संचार र मह जोडीको बिषयमा कुनै न कुनै व्यक्तिलाई लेख्न करै लाग्ने दाबी समेत गरे । यस्तै, मह जोडीका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठले आफू र हरिवंशको मित्रता एउटा इतिहास भएको बताए । उनले भने–‘मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन सक्दैन । अब, जती बर्ष यो मित्रता रहन्छ एउटा इतिहास बनेर रहन्छ ।’

    जन्मदिन सेलिव्रेशन कार्यक्रममा हाँस्य कलाकारहरु किरण केसी, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला, नायिका आँचल शर्मा लगायतले शुभकामना दिएका थिए ।

    सो अवसरमा हाँस्य कलाकार केदार घिमिरे, दीपाश्री निरौलाले ‘हरि भजन’ प्रस्तुत गरेका थिए । वि.सं २०१४ साल कात्तिकको २७ गते जन्मिएका हरिवंश नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रमा सबैले उच्च स्थानमा राखेको नाम हो । हरिवंश पछिल्लो समयमा चलचित्र निर्माण, अभिनय, विज्ञापन निर्माणमा बढी व्यस्त छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …