• धरान । मंसिर १४ गते धरान उप–महानगरपालिकाको मेयरकालागि हुने उप–निर्वाचनको मिति नजिकिदैछ । २८ बर्षदेखि निरन्तर सबै निर्वाचनमा विजयी हुदौंआको सत्तापक्ष नेपाल कम्युनिष्ट र परिवर्तनको मुद्दालाई अगाडी सारेर भोट मागीरहेको प्रतिपक्ष नेपाली काग्रेस सक्रिय भएर चुनाबी अभियानमा लागि परेको छ । यसै संन्धरभमा दुबै पार्टीका युवा तथा बिद्यार्थी नेताहरुको संक्रियता पनि उत्तिकै महालो तताएको छ । भन्ने बिद्यार्थी नेताको सक्रियताले चुनाबमा धेरै महत्व राख्दैछ । यसै बिचमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राई जिताउन र भोट माग्न धरानमा नेपाल बिद्यार्थी संघका केन्द्रीय नेताहरुको संक्रिता बढेको छ ।

    उमेदवार तिलक पनि २०४७ सालबाट नेपाल बिद्यार्थी संघको सदस्यता लिएर नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसको राजनितीबाट धरानमा युवा उमेरमै सर्वत्र चर्चा बटुलेका राईकालागि यतिबेला नेबिसंघका केन्द्रीय पुर्व उपसभापती राजिब ढुङ्गना , केन्द्रीय नि।व। उपसभापती बिकास केसी धरानमा भोट माग्न घरदैलौ र कोण सभामा बोल्न ब्यस्थ छन् ।

    सोमवार धरान १५ को बुढासुब्बा चौकमा आयोजित कोण सभामा बोल्दै बिकास केसीले धरानमा शैक्षिक अभियानमा लागि परेका तिलक राईलाइ भोट दिएर बिजयी बनाउन आग्रह गरे । बिद्यार्थीहरुको आन्दोलनबाट प्राप्ति देशमा आएको परिवर्तनमा कम्युनिस्ट सरकारले दावा बोली रहेकाले त्यो उनिहरुको गलत क्रियाकलापको बिरुद्धमा कांग्रेस भोट लगाउन हुने आग्रह समेत गरे । केसीले बिद्यार्थीको हक हित र अधिकारकालागि कांग्रेसले महत्वपुर्ण योग्दान पुर्याएकाले नेपाली कांग्रेसलाई मत दिएर बिजयी गराउन उनले आव्हान समेत गरे । त्यस्तै धरान १५ कै श्याम चौक र बुढासुब्बा चौकमा बोल्दै नेबिसंघका केन्द्रीय पुर्व उप–सभापती तथा महा समिति सदस्य राजिब ढुङ्गानाले पुरै राष्ट्रले धरानलाई हेरिरहेको बताए । दुई तिहाईको सरकारले महंगी र करको चाप पार्ने सरकारलाई धराने जनताले झापड दिनेछन भनेर हेरिरहेको उनले बताए । उनले भने कम्युनिष्टले लोकतान्त्रिक पद्धतिलाई खुम्चाउने काम गरिरहेको छ।

    काण्डै काण्डको सरकारलाइले देशको सिमा पनि बचाउन सकेन । सिमा मिच्दा चुइक नबोल्ने सरकारको राष्ट्रबादको नकली मुकुण्डो धरानबाट खोलिने छ । कम्युनिस्टलाई भोट दिएर पुरुपरोमा हात राख्नु भन्दा कांग्रेसलाई मन दिएर छातिमा हात राख्नु समेत उनले आब्हन गरे। धराने जनताहरु परिवर्तन , कांग्रेस र तिलक राईको पक्षमा छन् । उनले झुटा आश्वाशनमा नलोभिन आग्रह समेत गरे ।धरानको बिकासको सम्वाहक कांग्रेस नै रहेको उनले दाबी गरे। उनले कम्युनिस्ट सरकारले देशमा लुटतन्त्र मचाइ रहेको आरोप लगाउदै परिवर्तनको सम्बाहक बिद्यार्थिहरुलाई देशलाई निकास र बिकास दिने नेपाली कांग्रेस पार्टीलाई भोट लगाउन उनले आग्रह समेत गरे ।

    धरान (१५ को बुढासुब्बा चौकमा आयोजना भएको कोण सभामा बोल्दै नेपाली कांग्रेस सुनसरी पुर्ब सदस्य अशोक राईले नेकपाले २८ बर्षमा धरानमा खाल्डै खाल्डाको सडक उपहार दिएको बताए । उनले कम्युनिस्टले जन बिश्बास घुमाउदै गएको भन्दै कांग्रेसको जित निश्चित रहेको समेत दाबि गरे । सभामा नेपाली कांग्रेसकी महासमिति सदस्य लक्ष्मी खतिवडाले परिवर्तनको पक्षधर कांग्रेसलाई मत हाल्न आग्रह गरिन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…