•  

    ओम आचार्य
    चिनका राष्ट्रपति सि चिनफिंग नेपाल भ्रमण आउनु हुदा भारत हुदै नेपाल प्रवेस गर्नु भएको थियो । नेपाल प्रवेस गर्नु पुर्व भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संग भेट गरेर आउनु भएको थियो र त्यतीखेर भारत र चिनले "टु प्लस वान " को अवधारणा ल्याएको छ यो सव्द ले विशेसत पाकिस्तान र नेपाललाइ मनोवैज्ञानिक असर पार्ने देखिन्छ। अझ वडि प्रभाव र असर र त्यस्को चोट नेपाल हुने देखिन्छ । भारतले भर्खरै प्रकासित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक लगायतका भुभागहरु र कस्मिर समेत समेटेर प्रकासित गरेको नक्सा आउनु र " टु प्लस वान " को सव्द प्रयोग भएर आएको अवधारण ले नेपाल र पाकिस्तान दुवै यो अवधारण प्रती ससंकित हुनु स्वाभाविक हुन्छ ।

    भारतले नक्सामा पारेको नेपालका भुभागहरु नेपालकै भएको सत्य र तथ्य बुजी बुजी नक्सामा कुनै फेरबदल गरिएको छैन भन्दै आफ्नै भएको हठ प्रस्तुत गर्नुलाइ अहिले यो "टु प्लस वान " को अवधारण ले यस्तो अभिव्यक्ति आएको हुन सक्छ ।
    " टु प्लस वान " भनेको के हो ? यस्को अर्थ गणितमा भिन्दै होला !तर राजनीतिक अर्थ भिन्दै लिन सकिन्छ भिन्दै यस कारणले लिन सकिन्छ कि दुइ राष्ट्रका शिर्ष राजनीतिज्ञवाट आएको सव्दको अर्थ राजिनीतिक रुपमै हेर्नु र खोज्नु पर्छ । नेपाल दुइ ठुला छिमेकी राष्ट्र भारत र चिन हुन र नेपालको सन्दर्भमा यि दुइ रांष्ट्रको यो " टु प्लस वान " नेपालको कुनै पनि अन्तरराष्ट्रीय समस्या र त्यो समस्यावाट सृर्जित विवादमा दुवै राष्ट्र उदासीन हुन सक्छन उदासीन यस अर्थमा कि नेपालले भारतको विसयमा कुरा उठाउदा चिन उदासीन र चिनको विसयमा कुरा उठाउदा भारत उदासीन यो नै "टु प्लस वान" को अवधारणा हुन सक्छ र यस्तै अवधारणा पाकिस्तान प्रती पनि हुन सक्छ ।
    " टु प्लस वान " भनेकै राजनीतिक अर्थमा " एक " हुन सक्छ र यो " एक " नेपाल र पाकिस्तान प्रती यी दुइ राष्ट्रको अवधारण हुन सक्छ ।

    नेपाली कांग्रेसका सभापती शेर वाहादुर देउवाले समेत आफ्नो राजनीतिक टिप्पणीमा भारतले नेपाललाइ पाकिस्तान जस्तै व्यवहार गर्यो पाकिस्तानकै कोटीमा राख्यो भन्नु पनि यही संकेत हो भने नेकपा अध्यक्ष प्रचण्डवाट पनि यो अवधारणा प्रती संदेह गर्दै यस्ले त्रिपक्षिय त्रिदेशिय साझेदारी सिध्दान्तलाइ नकारेको कुरा राख्दै असन्तुष्टी प्रकट गरिसक्नु भएको हुदा भविस्यमा यो अवधारणा नेपालका लागी शुभ संकेत भने पक्कै होइन ।

    " टु प्लस वान " को अवधारणा यो सव्द विशेष गरेर नेपाल कै लागी प्रयोग गरि दुइ रांष्ट्रले लिएको साझा अवधारणा हो जस्ले नेपालको त्रिदेसिय साझेदारी अवधारणलाइ तुहाउनै नै छ र नेपाललाइ यी दुइ राष्ट्रको अवधारणले निरिह र दयनिय वनाउने प्रयत्न गर्ने छ यस्को समयमै नेपालले यो अवधारणलाइ आफ्नो पुराने मित्रतालांइ कायम गर्दै कुटनितिक हिसावले निस्क्रिय र निस्चेत गर्नु त्रिदेसिय साझेदारी रणनीतिमा सफल मानिने छ ।

    नेपालको सार्वभौमको सवालमा भोलि उठ्ने कुनै पनि मुध्दामा अव भारत र चिनको यौटै मत रहने संकेत नै " टु प्लस वान " को अवधारणले संकेत गरेको देखिन्छ । अव यो अवधारण ले भारत पनि चिन हो की? र चिन पनि भारत हो की ? यस्तो संसय नेपालले आफ्नो सार्वभौमको मुध्दामा यस्तो अनुहार भविस्यमा देख्न सक्दैन भन्न सकिन्दैन । टु प्ल्स वान भनेकै केही निस्चित र कुनै राष्ट्रको विसयमा साझा अवधारणा वनाउदै दुइ राष्ट्र समाहित हुनु नै " टु प्लस वान "को अवधारण आउनु हो ।
    र यो नेपालले गम्भिर रुपमा लिनु पर्छ र भविस्यमा यस्ले कुनै संकट पैदा नगरोस वेलैमा सचेत रहनु दुइ तिहाइ सरकारको कर्तव्य देखिन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…