• विश्वमा कोरोना भाइरसले आतंक सिर्जना गरिरहेका बेला यस अघि आएका महामारीबाट मान्छेहरुको निधन भएकै थिएन त ? थियो भने कहिले, कुन रोगका कारण कति मान्छेको मृत्यु भएको थियो ? यीनै विषयमा हामीले केही तथ्यांक फेला पारेका छौं । वीकीपिडियालाई मुलआधार मानेर तयार गरिएको समाचारमा सबैभन्दा बढी सन् १३१४ देखि १३५१ सम्म फैलिएको बुबोनिक प्लेगबाट साढे सात करोड देखि २० करोड मानिसको मृत्यु भएको बताईन्छ । यस्को भयावह अवस्थालाई लिएर यस्को नामनै ब्ल्याक डेथ राखिएको थियो ।

    सन् १६५ देखि एन्टोनाइन प्लेगबाट ५० लाख मान्छेले ज्यान गुमाएका थिए । यस्ले रोमन सेनालाई ध्वस्तपारेको थियो । तर हालसम्म पनि यो रोग यही नै हो भन्ने बैज्ञानिक आधार फेला परेको छैन ।

    सन् ५४१ देखि ५४२ सम्म फैलिएको प्लेग अफ जोष्टिनियनबाट करिव २ देखि ३ करोडको ज्यान गएको थियो भने १५औं शताब्दीको सन् ४२६ देखि २९ सम्म फैलिएको भाइरल फिवरबाट ७५ हजारदेखि १ लाखको ज्यानगएको अनुमान गरिएको छ । ग्रिस वरपर फैलिएको यो भाइरललाई हेमोरहजिक नाम दिइएको थियो ।

    सन् ७३५ देखि ३७ सम्म फैलिएको जापानी फिबर (विफर) ले १० लाखको ज्यान लिएको थियो । केही अनुषन्धान कर्ताले स्मल पक्सबाट २५ देखि ३० प्रतिशत जापानीको मृत्यु भएको बताएका छन । सन् १३१४ देखि १३५१ सम्म चलेको ब्ल्याक डेथ (बुबोनिक प्लेग) बाट मेडिटेरीयन क्षेत्रका ४० प्रतिशत मानिस अर्थात २ करोड ५० लाख व्यक्तिको मृत्यु भएको अनुमान छ । सन् १५२० मा बिफर (स्मलपक्स) ले ५ करोडको ज्यान लिएको थियो । सन् १६०० सत्रांै शताब्दीमरिको प्लेगबाट मर्नेहरुको संख्या ३० लाख थियो भने १८औं शताब्दी अर्थात सन् १७०० मा मर्नेहरुको संख्या ६ लाख थियो । सन् १८१७ देखि १९३० सम्म फैलिएको हैजा–६ले करिब ८ लाखको ज्यान लिएको थियो । सन् १८४६ देखि १८६० मा आएको हैजाको तेस्रो प्रकोपबाट १ करोड बढी मानिसको ज्यान गएको अनुमान छ ।

    सामान्यतया हैजाका सात महामारीमध्ये तेश्रोलाई सबैभन्दा घातक मानिएको छ । १९औं शताब्दीमा हैजाको तेस्रो ठूलो प्रकोप सन १८५२ देखि १८६० सम्म चल्यो । पहिलो र दोस्रो महामारीको जस्तै तेस्रो हैजा महामारी भारतमा उत्पत्ति भएको थियो । बेलायती चिकित्सक जोन स्नोले दूषित पानीका कारण हैजा हुने पत्ता लगाएका थिए ।

    सन् १९१८ देखि १९२० अर्थात १ वर्ष फैलिएको स्पेनिस फ्लुबाट ४ करोडदेखि १० करोड नागरिक मरेको अनुमान गरिएको छ । १८औंं शताब्दीको अन्त्यतिर यल्लो फिवरबाट १ लाख ५० हजार व्यक्तिको निधन भएको थियो । सन् १८८९ देखि ११८९० सम्म फैलिएको रसियन प्mल्युबाट १० लाखको ज्यान गएको थियो भने सन् १९८१ देखि सूरु भएको एचआइभी (एडस्) बाट हालसम्म ३ करोडभन्दा बढीको निधन भैसकेको छ ।

    सन् १९५७ देखि १९७० सम्म फैलिएको एशियन प्mल्यु र हङकङ प्mल्युबाट २१ लाख मानिसको निधन भएको थियो । सन् २००९ देखि २०१० सम्म फैलिएको स्वाइन प्mल्युबाट २ लाखको मृत्यु भएको थियो भने सन् २०१४ देखि १६ सम्म फैलिएको इबोलाबाट ११ हजार ३ सयको ज्यानगएको थियो । चीनको वुहानबाट २०५ देशभन्दा बढीमा देशमा फैलिएको कोरोना भाइरसबाट हालसम्म करिव ९६ हजार नागरिकले ज्यान गुमाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…