• रोहित संगम काठमाडौ
    संयुक्त प्रेस वक्तव्य

    विश्व कोभिड -१९ को सङ्क्रमणबाट ग्रस्त भएको र नेपाल भारत दुबै देशमा बन्दाबन्दी (लक डाउन) रहेको मौका छोपी भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको पश्चिमोत्तर सीमाको नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि ८० कि.मि. को पक्की धार्चुला – लिपुलेक लिङ्क रोड (नयाँ सडक) उद्घाटन गरेको खबर सम्प्रेषण गरेका छन् ।

     

     

    यसरी सार्वजनिक भइसकेको विषयबारे पनि सरकारका सम्बन्धित निकाय र नयाँ दिल्ली स्थित नेपाली राजदूत बेखबर भएको समाचार छापामा पढ्दा हामी आश्चर्य चकित भएका छौँ । साथै आफ्नो देशको भूभाग समेत अतिक्रमण गरेर नक्सा बनाई विश्वमाझ सार्वजनिक गर्दा समेत आफ्नो नक्सा सार्वजनिक गरी मिचिएको भूभाग दाबी गर्नु त कहाँ हो कहाँ त्यसका विरुद्ध आफ्नो भूभागको आधिकारिक नक्सा समेत प्रकाशन गर्न नसक्ने नेपाल सरकारले बर्सौँ लगाएर आफ्नो भूमिमा विदेशीले ८० कि.मि. पक्की सडक निर्माण गरिसक्दा थाहा नपाउनु र उक्त सडक उद्घाटन गरिसक्दा पनि बुझ्दै छौँ भन्ने जस्ता अन्तर्वार्ता दिने कार्य गर्नुले सरकारी संयन्त्र र सरकारको हैसियत आम जनतामाझ प्रस्ट भएको छ ।

     

    सन् २०१५ मै भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधान मन्त्री लि खस्याङले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा विकास गर्ने भनी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । त्यति वेला नै नेपालले कडा रूपमा आपत्ति जनाई त्यसका विरुद्धमा विश्व जन समुदायमा आफ्नो प्रस्ट अडान राख्न सकेन ।

     

    नेपाल जमीन कब्जा गरेर भारतीय पक्षद्वारा निर्माण गरिएको सडक त्यसैको परिणाम थियो । सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो । महाकालीको वास्तविक मुहान लिम्पियाधुरा भएकाले लिम्पियाधुरा–लिपुलेक – कालापानी सम्मको ३७२ वर्ग कि.मि. भूभाग नेपालको हो ।

     

    हिजोमात्र भारतीय विदेश मन्त्रालयले त्यो भूमि आफ्नै हो भनेर निर्लज्जतापूर्वक आफ्नो दावी पुन: प्रस्तुत गरेको छ। नेपाली भूमिमाथि भारतद्वारा गरिएको यो नाङ्गो हस्तक्षेपको हामी घोर भत्सर्ना गर्दछौं, साथै नेपाल सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तुरुन्त कदम चाल्न समेत आग्रह गर्दछौ ।

     

    प्रगतिशील लेखक सङघ, नेपाल
    नेपाली लेखक सङ्घ
    पारिजात स्मृति केन्द्र
    श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान, हेटौंडा
    रमेश विकल साहित्य प्रतिष्ठान
    देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठान
    युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान
    घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

     

    नेपाल साहित्यिक पत्रकार संघ
    वाम्बुले राई साहित्यिक प्रकाशन
    जनसाहित्य लेखक सङ्घ
    इच्छुक सांस्कृतिक प्रतिष्ठान
    शिवपुरी साहित्य समाज
    साहित्यिक पत्रकार सङ्घ
    शंकर लामिछाने स्मृति प्रतिष्ठान
    भैरव पुरस्कार गुठी

     

    साहित्य सन्ध्या , नेपाल
    जनमत वाङ्मय प्रतिष्ठान, नेपाल
    मार्क्सीय गुरुकुल
    इन्द्रेणी साँस्कृतिक समाज, किर्तिपुर
    साहित्य सङ्गम, चितवन
    कौसिकी साहित्य प्रतिष्ठान
    दायित्व वाङमय प्रतिष्ठान, नेपाल
    भवानी घिमिरे स्मृति प्रतिष्ठान, नेपाल
    लघुकथा समाज नेपाल

     

    स्रष्टा चैत्र – ३०
    सिर्जना चैत्र – ३
    नेपाल वाङ्मय परिषद
    नागार्जुन साहित्य प्रतिष्ठान
    गण्डकी साहित्य सङ्गम
    सर्वदा वाङ्मय प्रतिष्ठान
    इन्द्रेणी साहित्य समाज
    साहित्य सदन, नेपाल
    न्ह्यज्या खल: , थिमि

     

    शिल्पी नाट्य समूह
    कविडाँडा साहित्य समाज
    निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान
    सिर्जना तरेली साहित्य समाज
    नेपाल हाइकु सङ्घ
    प्रतिभा-प्रवाह
    दुधौली प्रज्ञा प्रतिष्ठान
    सिन्धुली सन्देश

     

    बीडी त्यागी साहित्य स्मृति प्रतिष्ठान
    सगरमाथा वाङमय प्रतिष्ठान
    जन्मभूमि नेपाल साहित्य समाज
    संगम साँस्कृतिक मञ्च, पोखरा
    जरा फाउन्डेसन,नेपाल
    नोबेल साकोस साहित्य संस्था
    निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान
    उन्मुक्त पुस्ता

     

    नेपाल दलित साहित्य तथा साँस्कृति प्रतिष्ठान
    रक्तिम सांस्कृतिक अभियान
    अखिल नेपाल प्रगतिशील लेखक संघ
    अखिल नेपाल लेखक संघ
    प्रगतिशील महिला लेखक संघ
    नेपाल स्रष्टा समाज
    उदयानन्द स्मृति प्रतिष्ठान

     

    अादिइत्यादी
    भक्तपुर साहित्य समाज
    रामचन्द्र शास्त्री स्मृति साहित्यकला प्रतिष्ठान, बाहुनडाँगी झापा
    विराट साहित्य संगम
    मुक्तक प्रतिष्ठान, नेपाल
    रोशी वाङ्मय प्रतिष्ठान
    शुक्ला साहित्य संगम तनहूँ,
    सार्थक जन संगीत प्रतिष्ठान, नेपाल
    नेपाली वाङमय परिषद्

     

    फेडाेल साहित्य प्रतिष्ठान
    चक्रपाणि स्मारक प्रतिष्ठान
    सँझ्या साहित्य
    बर्दिवास साहित्यिक-साँस्कृतिक प्रतिष्ठान
    सहारा – नेपाल , हेटौंडा
    ग्रीनस्टार नेटवर्क, दाङ
    अध्ययन समूह, दाङ
    चेरव स्मृति प्रतिष्ठान

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…