• धनगढी, जेठ २ गते । बर्दियाको राजापुरकी कोरोना सङ्क्रमित ११ वर्षीया बालिकाको सम्पर्कमा आएका कैलालीका १०१ जना व्यक्तिको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
    गोदावरी नगरपालिका–८ मजगाउँका ९६ जना र भजनी नगरपालिका–१ का पाँच जनाको पीसीआर परीक्षण गर्दा स्वाब रिपोर्ट नेगेटिभ आएको हो । सङ्क्रमित बालिका मजगाउँमा झन्डै एक महिना बस्नु भएको थियो ।
    बालिका बस्नु भएको परिवारकोसहित पहिलो प्राथमिकतामा परेका सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताउनुभयो । पछि सङ्कलन गरिएको ३८ व्यक्तिको स्वाब रिपोर्ट आउन भने बाँकी रहेको उहाँको भनाइ छ । मजगाउँपछि ती बालिका करिब एक हप्तासम्म भजनी गएर आफन्तको घरमा बस्नु भएको थियो । उहाँ बसेको परिवारका पाँचै जना सदस्यको रिपोर्ट निगेटिभ आएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिनुभयो । ‘घुलमिल भएका थप २५ जनाको स्वाब पठाएका थियौं, त्यसको रिपोर्ट आउन बाँकी छ’, उहाँले भन्नुभयो ।
    राजापुर नगरपालिकाकी ती बालिकालाई केहि दिन अगाडि कोभिड–१९ सङ्क्रमण रहेको पुष्टि भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…