• धरान / एक नम्बर प्रदेशबाट बुधबार थप आठ जना कोरोना संक्रमणबाट निको भएका छन् । कोरोनालाई जितेर विराटनगरस्थित कोभिड–१९ अस्पतालबाट डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका अस्पतालले जनाएको छ ।

    डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय, २८ वर्षीय, ४० वर्षीय, र भारतीय नागरिकहरू २२ वर्षीय, २५ वर्षीय, ६६, वर्षीय, २८ बर्षीय र १८ वर्षीय रहेका छन् । गुड्डु आलम रहेका छन् ।

    उनी वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
    ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्केको क्वारेन्टाइनमा पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

    प्रदेश १ मा ५९ संक्रमित मध्य २६ जना उपचार पछि घर फर्केका छन् । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४५ पुगेको छ ।

    ब्लाष्ट खबर

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…