• विराटनगर : १ महिलामाथि बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ बखरी बस्ने नयन श्रेष्ठ र उनका भाइ पर्ने ४० वर्षीय ज्योति श्रेष्ठ रहेका छन् । उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

    नयन श्रेष्ठ बिराटनगर-३ स्थित काठमाडौं सेक्युरिटी कार्यालयका सञ्चालक हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी पूर्व प्रहरीसमेत हुन्।

    फागुन ३ गते साँझ ६ बजे आफ्नो कार्यालयमा बोलाइ नयनले जबरजस्ती करणी गरेको एक महिलाले आरोप लगाएकी छिन् ।

    हल्ला गरेमा मार्ने धम्की दिइ ती महिलालाई जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन्।

    सोही बेलाको भिडियो आफूले खिचेको भन्दै नयनकै भाइ नाता पर्ने ज्योतिले दाइले भनेका सबै मान्नु पर्ने भनी दवाव दिँदै आएको महिलाको आरोप छ।

    प्रहरीले उनीहरू दुबै जनालाई नियन्त्रणमा लिइ जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको डिएसपी मानबहादुर राईले जानकारी दिए ।

    पीडित महिलाका अनुसार नयनकै श्रीमती रसिला श्रेष्ठ पनि आफूसँग सम्पत्ती हडप्न बार्गेनिङ गर्न आएकी थिइन्।

    पीडित महिलाले जाहेरीमा उल्लेख गरेअनुसार असार १२ गते शुक्रबार बेलुकी रसिलाले बोलाएर शर्त मानेमा आफ्ना श्रीमानले खिचेको भिडियो दिने वा हटाइदिने कुरा गरेकी थिइन् ।

    शर्तमा घरजग्गा उनीहरूको नाममा पास गराउनु पर्ने वा १० लाख दिन माग राखेकी थिइन्।

    प्रहरीले रसिलालाई भने नियन्त्रणमा लिएको छैन।

    #एभरेस्ट दैनिक बाट साभार।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…