• दीप खादी लिम्बु,
    साउन-४,क्वालालम्पुर।


    मलेसियामा कार्यरत नेपालीहरुले एक मृगौला पीडित लाई आर्थिक सहयोग गरेका छन।उक्त आर्थिक सहयोग मलेशियाका विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत नेपालि श्रमिक दाजुभाई तथा दिदीबहिनी बाट सङकलन गरिएको हो।तेह्रथुम जील्ला लालिगुरास नगरपालिका वार्ड नं ७ चामचिम निबासी मृगौला पिडित  प्रकाश राना मगरलाई   आर्थिक सहयोग गरेका हुन।


    मलेसियामा कार्यरत  नेपाली श्रमिकहरुको सकृयतामा सहयोग अभियान चलाईएको थियो । यस अभियानमा सो ईच्छाले विभिन्न क्षेत्रमा कार्यरत पुर्ब देखि पश्चिम नेपालका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले  सहयोग गर्नु भएको छ । स्थापना काल देखि नै पिडीतलाई सहयोग गर्दै आइरहेको  सहयोगको लागि एउटा उदाहरणीय बनेको सस्था  तेह्रथुम मलेसिया सम्पर्क मन्चले पनि सस्थाको तर्फबाट  रु.१२,००० सस्थागत  सहयोग प्रदान गरेको छ।


     यस्तो विषम परिस्थितिमा समेत सहयोगी भावनाले  फेसबुक पोष्टकै आधारमा  सहयोग पुर्‍याएका सम्पुर्ण सहयोगी दाताहरु लाई सहयोग अभियानका सदस्य महेन बस्नेतले  धन्यवाद व्यक्त गरेका छन।मलेसियामा सङ्कलन गरिएको  जम्मा रकम  ३,९२८ रिङ्गेट नेपाली रु १,०८,५४६( एकलाख , आठ हजार पाच सय छयालिस )  मृगौला  पिडितका बुबालाई  सहयोग समिति सम्योजक ( समाज सेबी , बुद्दिजीबी) भक्त राना र ला.न.पा.७ का वडा अध्यक्ष देबेन्द्र खड्काले हस्तान्तरण  गर्नु भएको छ ।


    मलेसियामा जस्तै अन्य देशहरुबाट पनि सो मृगौला पिडितका लागी सहयोग सङ्कलन भई रहेको  सहयोग सम्योजक समाजसेवी भक्त रानाले जानकारी दिएका छन ।मृगौला प्रत्यारोपणको सम्पुर्ण तयारी पूरा भए पनि लकडाउनका कारण ढिलाई भईरहेको छ।भने बीरामीले थप अरु पीडा खेप्नु परिरहेको छ ।मृगौला दान पिडितका  बुबाले  गर्ने भएको जानकारी रमेश बस्नेतले रातोकलम लाई जानकारी दिएका हुन।


     यस सहयोग अभियानमा सहयोग गर्नुहुने सबै सहयोगी मनहरुलाई एकमुष्ट  धन्यवाद सहित पिडित प्रकाश  रानाको शिघ्र स्वास्थ्यलाभको कामना गरिन्छ ।




    [caption id="attachment_86638" align="aligncenter" width="455"]hand over money मृगौला पिडित लाई पठाईएको सहयोग रकम हस्तारण गर्दै :[/caption]






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…