•  

     

    काठमाडौँ, साउन ७ गते । नेपालमा कोभिड–१९ का एकसयजना नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

     

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ ।

     

    यस्तै, दुईसय सातजना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४२ पुगेको छ । नेपालमा निको हुने दर ७०.१ प्रतिशत पुगेको छ ।

     

    नेपालमा अहिले पाँचहजार ३६८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ८४२ जना क्वारेन्टिनमा रहेका छन् ।

     

    सङ्क्रमित हुने दर

    प्रवक्ता गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत रहेको छ ।

     

    यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा तीनजना नयाँ सङ्क्रमित थपिएका छन् ।

     

    थप मृत्यु

    धनुषाका ६० वर्षका एक पुरुष विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साउन ६ गते मृत्यु भएको छ । यस्तै, चिनियाँ नागरिकको मृत्यु भएको छ । काठमाडौंको ग्याण्डी अस्पतालमा साउन ७ गते मृत्यु चिनियाँ नागरिकको भएको हाे । योसँग नेपालमा मृत्यु हुनेका सङ्ख्या ४२ पुगेका छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…