•  

    सरोज बस्नेत

    २०७७ श्रावण २७,

    उर्लाबारी । छिमेकी नगरपालिका तथा गाउँपालिकाहरुमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि मोरङको उर्लाबारीमा गएराखिेदेखि लकडाउन गरिएको छ ।



    कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न पाउने छैनन् । खेलकूद स्थल, फुटसल, जिमखाना, सैलुन तथा ब्यूटीपार्लर सञ्चालन रोक लगाइएको छ । नगरभित्र सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय छ । यातायातका साधन पूर्णरुपमा बन्द रहने, साप्ताहिक हाटबजार, नगरपालिकाको कार्यालय तथा सो अन्तर्गतका वडा कार्यालयको दैनिक प्रसासनिक सेवाहरु बन्द रहने भएका छन् । लकडाउन अवधीमा पनि सागसब्जी, फलफुल, औषधी पसल, अस्पताल, क्लिनिक, दुधडेरी, पेट्रोलपम्प, पानीजन्य उद्योग, पशुस्वास्थ्य केन्द्र भेटेरीनरी सेवा भने सञ्चालन हुने छन् । खाद्यान्यलगायत अन्य ब्यापार, ब्यवसाय बन्द गरिनेछ । अतिआवश्यक काम परे चार जना भन्दा बढी बाहिर ननिस्कन र अनिवार्य माक्सको प्रयोग गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।


    माक्स प्रयोग नगरेको खण्डमा जरिवाना गरिनेछ । अतिआवश्यकका लागि सफारी र अटो जोरविजोर नम्बरमा सञ्चालन गरिने जनाइएको छ । तर, स्टेडमा होल्ड गर्न दिइने छैन ।
    त्यस्तै, बैंक तथा वित्तिय संस्था र सहकारीबाट प्रवाह हुने सेवा विहान १० बजेदेखि १ बजेसम्म मात्र सञ्चालन हुनेछ । निर्माण कार्यमा संलग्न मजदुरहरुलाई काममा लगाउने ठेकेदार वा व्यक्तिले स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्णरुपमा पालाना गर्नु पर्नेछ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…