• राजेन्द्र महतो
    लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन् ।
    सिरहा कारागारमा रहेका ४ जना कैदी बन्दी, इलाका प्रहरी कार्यालय लहान को हिरासतमा रहेको ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी र जिल्ला प्रशासन कार्यालय सिरहाका १जना कर्मचारी र सशस्त्र प्रहरी बल गण नम्बर- ७ सन्हैठामा कार्यरत १ जना प्रहरी गरी ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहा ले बताएका छ्न।
    संक्रमित पुष्टि भएका सवैलाई सिरहा स्थित श्रीचन्द्र माध्यमिक विद्यालयमा रहेको आइसोलेसन र धनगढीमाई नगरपालिका स्थित रहेको आईसोलेसनमा राखिएको छ ।
    यस सँगै सिरहामा संक्रमित को संख्या २४६ पुगेको छ ।
    जस मध्ये २०५ जना कोरोना मुक्त भई घर फर्किसकेेेका छन् भने एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले बताएका छन।
    हालसम्म सिरहामा ५ हजार १ सय ९९ जनाको स्वाव संकलन गरिएको छ।जसमा ४ हजार ५ सय ५१ जनाको रिपोर्ट निगेटिभ आएको छ भने २ सय ४६ जनाको रिपोर्ट पोजेटि आएको छ भने ५ सय २ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय ले बताएका छ्न।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २८ गते।सिरहाको सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा मंगलबार एकै वडाका ८…