•  

    २०७७ श्रावण ३१उर्लाबारी । दिपेन्द्र धिमाल (डाइभर) खेलकुद क्षेत्रमा कुनै नौलो नाम होइन । लामो समयदेखि फुटबल क्षेत्रको विकासमा समर्पित रहनु भएका धिमाल तेस्रो कार्यकाल मोरङ जिल्ला फुटबल संघको अध्यक्ष भएर काम गरिरहनु भएको छ । धिमालले फुटबल खेल्दा बललाई छक्याउने शैली ‘डाइभर’जस्तै भएकाले उहाँको नाम ‘डाइभर’ रहन पुगेको थियो ।

    फुटबल क्षेत्रको विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आउनु भएका धिमाल आसन्न नेपाली कांग्रेसको अधिवेशनमा उर्लाबारी नगरसभापति पदमा उम्मेद्वार बन्ने तयारीमा जुट्नु भएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का वरिष्ठ सदस्यसमेत रहनु भएका धिमालले एक कार्यकाल उर्लाबारी नगर विकास समितिको अध्यक्ष भइसक्नु भएको छ । लामो समयदेखि नेपाली कांग्रेसमा रहेर राजनीति गरिसकेका धिमाल अब नेतृत्वमा आएर नेपाली कांग्रेसलाई थप चलयमान बनाउने इच्छा रहेको बताउने गर्नुभएको छ ।

    आफूले यसअघि पार्टीमा कुनै पनि पदमा दाबी नगरेकाले यसपटक सबैको साथ र सहयोग पाउनेमा उहाँ आशावादी हुनुहुन्छ । पूर्वी नेपालमा बसोबास गर्ने अल्पसंख्यक धिमाल समूदायको प्रतिनिधित्व गर्ने उहाँ सबैका लागि प्रिय देखिनु हुन्छ । आधा दर्जन बढीले उर्लाबारी सभापतिमा दाबी गरिरहँदा उहाँ सबैभन्दा बढी प्रभावशाली रहेको कांग्रेस वृत्तमा चर्चा छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…